पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु
खाँदबारी : सङ्खुवासभाको मादी नगरपालिका–९ स्थित पिलुवा खोला पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ।
पाँचखपन नगरपालिका–९ घर भई चैनपुर नगरपालिका–२ नुनढाकी बस्दै आएकी अन्दाजी १३ वर्षिया समीक्षा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।
पौडी खेल्ने क्रममा गम्भीर घाइतेकी भएकी दिक्षा राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !