वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने दोलखा जिरी नगरपालिका-३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका-१५ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-६ घर भएका ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र काठमाडौं महानगरपालिका-२६ बस्ने स्याङ्जा वालिङ नगरपालिका-७ घर भएका ५६ वर्षीय नर बहादुर खड्का थोकी रहेका छन् ।

पक्राउमध्ये जितेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, नरेन्द्रले युएई पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र नर बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।  

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जितेन्द्रलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार, नरेन्द्रलाई काठमाडौं महानगरपालिका-२२ बाट शुक्रबार र नरबहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.