सुर्ती चुरोटमा कर बढाऊ

सुर्ती चुरोटमा कर बढाऊ
सुन्नुहोस्

नेपालमा सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ४१ प्रतिशतमात्र कर लाग्छ । जबकि छिमेकी भारतमा भने ५८ प्रतिशत छ । दक्षिण एसियामै सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने देश नै हाम्रो हो । भुटानमा त सुर्तीजन्य पदार्थ उत्पादनमा निषेध नै छ । धेरै कर लगाउनू भनेर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि भनेको छ । सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्छ भन्ने उसको मान्यता छ । उसको त्यो सिफारिसलाई पालना गर्नेतर्फ नेपालले ध्यान पु¥याएको छैन । धेरै कर लगाउँदै जाने, कडाइ गर्दै जाने र भुटानमा जस्तै सुर्तीजन्य पदार्थको उद्योग नै खोल्न नदिने नीतिमा जानुपर्छ भन्ने मान्यता स्वास्थ्यसम्बन्धी अगुवाहरूले राख्दै आएका छन् । 

नेपालले सुर्तीजन्य पदार्थबाट सन् २०२२÷२३ मा ३० अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । तर सुर्तीजन्य पदार्थबाट हुने र भएका रोगको उपचारमा सरकारको खर्च ४४ अर्ब रुपैयाँ छ । राजस्व आम्दानीकै लागि चुरोट र सुर्तीका उद्योग खोल्न दिइएको हो भने आर्थिक रूपमा पनि घाटा देखिन्छ । अर्काेतिर कुनै पनि नागरिक अस्वस्थ हुनु झन् ठूलो घाटा र नोक्सानी हुँदै हो । नागरिकको स्वास्थ्यको तुलना आर्थिक आम्दानीसँग गर्न सकिन्न । राजस्व आम्दानीले नागरिकको स्वास्थ्यको क्षतिपूर्ति गर्न सक्दैन । तसर्थ आउँदो वर्षको बजेटमा सुर्तीजन्य पदार्थको कर वृद्धि गरी सरकारले सकारात्मक कदम चाल्नुपर्छ । कर वृद्धि गर्ने बेला भनेकै बजेट ल्याउँदा हो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ ले जहाँ पायो त्यहीं सुर्तीजन्य पदार्थ उपभोग गर्न हुँदैन भन्छ । तर नेपालमा विद्यालय र स्वास्थ्य संस्थाभित्रै र वरपर पनि निष्फिक्री उपभोग भइरहेको हुन्छ । कडाइ हुन सकेको छैन । नियमत साह्रै फितलो छ । कर वृद्धि गर्दा चोरी पैठारी र कर छली पनि हुनसक्छ भन्ने कतिपयले हल्का तर्क गर्छन् । राज्यले त्यसो भनेर उम्कन पाउँदैन । कडाइ गर्ने कर्तव्यबाट उसलाई पन्छिने छुट छैन । सबैलाई थाहा भएको हानिकारक वस्तुको उपभोग गर्न दिएर बहादुर देखाउन आवश्यक नभएको तथ्य राज्यले आत्मसात् गर्नुपर्छ । सरकारले यसैपालि कर वृद्धि गरी सुर्तीजन्य पदार्थको उपभोगमा निरुत्साहन गरोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.