कार्यान्वयनको कसीमा योजना

कार्यान्वयनको कसीमा योजना
सुन्नुहोस्

कतिपय देशहरूले योजनाबद्ध विकासको अवधारणा त्यागिसके । हाम्रोमा भने १६औं पञ्चवर्षीय योजना सरकारले पारित गरेको छ । योजना बनाउने आयोग छ, कार्यान्वयन गर्नुपर्ने सरकारले हो । तर परिपार्टी त्यस्तो छैन । आयोगको योजना एकातिर र सरकारको काम गराई अर्काेतिर हुने गरेको छ । बजेट निर्माणकै सन्दर्भमा योजना आयोग एकथरी सुझाव दिन्छ, अर्थ मन्त्रालय सांसद, मन्त्री र प्रधानमन्त्रीका रुचि र खल्तीका योजना हाल्छ । कर्मकाण्डी पारामा योजना बन्ने र देखाउनेमात्रै हुँदै आएको छ । कुनै पनि पञ्चवर्षीय योजनाका लक्ष्यहरू कहिल्यै पूरा भएका छैनन् । लक्ष्य केन्द्रित न बजेट बन्छ न सरकारले त्यसरी काम गर्छ । पञ्चायतकालीन लक्ष्यहरू अहिले आएर बल्लतल्ल पूरा हुँदैछन् ।

यसै सिलसिलामा बुधबार सरकारले पारित गरेको १६औं पञ्चवर्षीय योजनालाई विगतको कसीमा घोटेर हेर्दा थोरैमात्रै आशा गर्न सकिन्छ । सनातनी पाराले कतिपयले भनिदिन्छन्— नेपालमा योजना त निकै राम्रा बन्छन् तर कार्यान्वयन पो हुँदैनन् । तर त्यसो होइन, त्यो योजना राम्रो होइन, जुन कार्यान्वयन हुँदैन वा हुन सक्दैन । महŒवाकांक्षी लक्ष्य राखेर जनता ढाँट्ने राजनीतिक नेतृत्वको जुन प्रवृत्ति छ, त्यसैको छाया योजनाहरूमा देखिन्छ ।

महŒवाकांक्षी होइनन् योजना भने धेरै पुरानामा नजाऔं १२, १३ वा १४ देखि १५औं पञ्चवर्षीय योजनाको लक्ष्यअनुसारमा नेपालमा किन आर्थिक वृद्धि हुन सकेन । फेरि १६औंमा ७.३ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको छ । तर त्यो प्राप्तिको आधार छ ? सरकारहरू फेरिरहने र व्यावसायिक तथा औद्योगिक वातावरण बिथोल्ने क्रमको निरन्तरता रोकिने छेकछन्द छैन । त्यसैले लक्ष्यप्राप्ति मुस्किल हुन सक्छ ।

२०१३ सालदेखि अहिलेसम्म नेपालको आर्थिक वृद्धिदर औसतमा ४ प्रतिशत छ, अब कसरी नयाँ लक्ष्य हासिल हुन्छ ? 

विश्वसनीय आधार छैन । देशमा राजनीतिक स्थिरताको संकेत पैदा भएको २०७२÷७३ सालमा नेपालको आर्थिक वृद्धि ७.२ प्रतिशत थियो । त्यसलाई आधार मान्दा आशा गर्ने ठाउँ पनि देखिन्छ । तर फेरि पनि सर्तचाहिँ राजनीतिक स्थिरता र सरकारको प्राथमिकता सत्ता कि समृद्धि भन्ने नै हो । सरकारमा बस्नेहरूबाट इमान्दार प्रयास भए योजनाहरू कार्यान्वयन हुन सक्छन् । नभए योजना कागजमै सीमित हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.