नारायणी अस्पतालको एमआरआई सेवा सञ्चालनमा आएको ६ महिनामै अवरुद्ध

नारायणी अस्पतालको एमआरआई सेवा सञ्चालनमा आएको ६ महिनामै अवरुद्ध
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालले ३० करोड रुपैयाँमा खरिद गरेको एमआरई मेसिन सञ्चालनमा आएको ६ महिना नबित्दै बिग्रिएको छ। जसका कारण दुई हप्तादेखि अस्पतालमा एमआरआई सेवा अवरुद्घ हुदाँ बिरामीहरू बजारका निजी अस्पतालमा दोब्बर शुल्क तिरेर एमआरआई सेवा लिन बाध्य छन्। नारायणी अस्पतालमा ८ हजार रूपैयाँमा उपलब्ध एमआरआई सेवाका लागि बिरामीले निजी अस्पतालमा १५ देखि १६ हजार रूपैयाँ तिर्न बाध्य छन्।

गत असोज २३ गते संघीय सरकार तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले नारायणी अस्पतालको एमआरआई कक्षको उद्‍घाटन गरेपनि गत कात्तिक १४ गतेदेखि एमआरआई सेवा सञ्चालनमा आएको थियो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरञ्जन साहले भने एमआरआई मेसिनको सफ्टवेयरमा समस्या देखिएपछि दुई हप्तादेखि सेवा अवरुद्घ भएको बताए। 

मेसिनको सफ्टवेयर अपडेट (अद्यावधिक) हुन नसकेका कारण सेवा अवरुद्घ भएको उनले बताए। मेसिनको आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थ केयर प्रालिले मेसिनको बाँकी रहेको २० प्रतिशत रकम भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगरिदिदाँ एमआरआई मेसिनमा समस्या देखिएको साहले बताए।

अस्पतालका अनुसार एमआरआई मेसिन वारेन्टी पिरियडमै रहेकाले त्यसको सम्पूर्ण जिम्मेवारी आपूर्तिकर्ता कम्पनीकै रहेको भए पनि २० प्रतिशत रकम भुक्तानी नपाएको कारण उसले सफ्टवेयर अपडेट नगरिदिएको उनले जनाएर 

साहले आपूर्तिकर्ता कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको २० प्रतिशत रकम अमेरिकी डलरको भाउ बढेका कारण भुक्तानी गर्न नसकिएको भन्दै अपुग रकमका लागि मन्त्रालयसँग आग्रह गरिसकिएको बताए ।

उक्त एमआरआई मेसिन खरदि गरि ल्याए पनि हिलियम ग्याँसको अभावका कारण अस्पताल परिसरमा करिब तीन महिना जति खुल्ला आकाशमुनि राखिएको थियो ।

मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले त्यसबेला मेसिनमा प्रयोग हुने हिलियम ग्याँस बजारमा नपाइएको कारण देखाउँदै अस्पतालमा मेसिन जडानमा ढिलाई गरेको थियो ।आपूर्तिकर्ताले अस्पतालमा मेसिन जडान गरेपछिपनि   जेनेरेटरको अभाव र प्राविधिक कारणले उक्त मेसिन ६ महिनासम्म प्रयोविहिन अवस्थामा थन्क्याएर राखिएको थियो।पछि दैनिक १५ हजार रुपैयाँ भाडा तिर्ने गरी ५०० केभिएको जेनेरेटर अस्पतालले ल्याएर एमआरआई मेसिन सञ्चालनमा ल्याइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.