पाल्पामा २ ट्रकसहित ४३ गोरु नियन्त्रणमा

पाल्पामा २ ट्रकसहित ४३ गोरु नियन्त्रणमा
सुन्नुहोस्

तानसेन : पाल्पा रामपुर नगरपालिका-२ भलायटारमा २ वटा ट्रकसहित ४३ वटा बेवारिसे अवस्था भेटिएका छन्। गोरु तस्करहरूले विभिन्न क्षेत्रबाट ल्याएको गोरुहरूको अवैधरूपमा ओसार-पसारको यातयात सवारीसाधन कम चल्ने सडकको प्रयोग गरेर लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय रामपुरले गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो। 

इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले क्रममा ना६ख ५८० नम्बरको ट्रकमा २२ वटा र ना६ख ४७५८ नम्बरको ट्रकमा २१ वटा गोरु बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। पाल्पा प्रहरीले नियन्त्रणमा लिएको दुई ट्रक र ४३ वटा गोरु आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाइएको छ। 

गोरु ओसार पसारमा संलग्न ट्रक चालक भने पक्राउ परेका छैनन्। गोरु ओसार पसारमा संगलग्न ट्रक धनी र चालक खोजबिन गर्ने काम भैरहवा भन्सार कार्यालयले गर्ने पाल्पा प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.