स्वदेशी सम्मेलनले जारी गर्‍यो ३५ बुँदे घोषणापत्र

स्वदेशी सम्मेलनले जारी गर्‍यो ३५ बुँदे घोषणापत्र
सुन्नुहोस्

काठमाडौं : मेक इन नेपाल- स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सक्किएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग मन्त्रालयसँगको सहकार्यमा ३ वर्षअघि देखि ‘मेक इन नेपालः स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ।

 
‘मेक इन नेपालः स्वदेशी समिट २०२४ ’ को तेस्रो संस्करणले सबल र आत्मनिर्भर अर्थतन्त्रतर्फ लम्कनका लागि ३५ बुँदे घोषणापत्र अर्थमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको छ। परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थमन्त्री पुनलाई घोषणापत्र हस्तान्तरण गरे।  

घोषणापत्र ग्रहण गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वदेशी सम्मेलनमा भएका छलफलबाट आएका महत्वपूर्ण सुझावहरु बजेटमा अधिकतम समेट्ने प्रतिबद्धता व्यक्त गरे। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, प्रवर्द्धन गर्न सरकारी कार्यालयहरूमा स्वदेशी सामान नै खरिद गर्नुपर्ने विषयलाई नीतिगत रुपमा अगाडि बढाइने उनले बताए। निजी क्षेत्रका लागि लचिलो नीति अपनाउने गरी अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिँदै उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी आगामी बजेट ल्याउने बताए। 

नेपालमा उत्पादन र नेपाली वस्तुको उपभोग बढाउने तथा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाएर विश्व बजारमा पुर्याउने उद्देश्य अभियानको हो। परिसंघले अभियानबाट वार्षिक १००० नयाँ उद्योग दर्ता, दिगो विकासको लक्ष्य अनुसार कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र ५ वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पुर्‍याउने अपेक्षा गरेको छ। परिसंघले गरेको अध्ययन प्रतिवेदनले अभियानले लिएका लक्ष्य हासिल गर्न ३४ क्षेत्रमा नीतिगत मध्यस्थता जरुरी रहेको देखाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.