वीरगन्जमा हुण्डीको १३ लाख रकमसहित युवक पक्राउ

वीरगन्जमा हुण्डीको १३ लाख रकमसहित युवक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जबाट प्रहरीले हुण्डी कारोबारीको आशंकामा एक युवकलाई नगद १३ लाख रुपैयाँसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन्। उनको साथबाट १३ लाख २५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज महनगरपालिका-१४ गण्डकस्थित सडकमा वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २–०३ –०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। 

त्यसक्रममा उक्त मोटरसाइकलमा सवार पटेलले बोकेको झोलबाट नेपाली १ हजार दरको नोट थान ८ सय ८९ थान, ५ सय दरको नोट ८ सय ५० थान र १ सय दरको नोट १० थान गरी कूल १३ लाख २५ हजार रुपैयाँ भेटिएको र उक्त रकमको श्रोत खुलाउन नसकेकाले रकमसहित पटेललाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। 

पटेलको सातबाट विभिन्न बैंकको खाली चेक ७ थान पनि बरामद भएको उनले बताए। पटेलको साथबाट बरामद रकम हुण्डीको रहेको भन्दै थापाले पटेललाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.