एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल, पदाधिकारीमा को-को ?

एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल, पदाधिकारीमा को-को ?
सुन्नुहोस्

रसुवा : नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल चयन भएका छन्।  ९ औं जिल्ला अधिवेशनको बन्दसत्रले ढकालको नेतृत्वमा सर्वसम्मतरुपमा पदाधिकारी चयन गरेको हो। 

अधिवेशनबाट उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्बा तामाङ, सहसचिवमा चमेली गुरुङ र शुकबहादुर थोक्रासहित ७८ सदस्य रहेको कमिटी सर्वसम्मत भएका हुन्। 
कमिटीमा नयाँ अनुहार तथा युवा समेटिएका छन्। नेतृत्व नै नयाँ पुस्तामा हस्तान्तरण भएको एमाले रसुवा इन्चार्ज सोम मिश्रले पत्रकारलाइ जानकारी दिए। 

जिल्लाभरबाट कुल ३ हजार १ सय ९ जना सदस्यबाट पाँचवटै पाउँपालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिसत, महिला ३३ प्रतिसत गरी अधिवेशनमा ३ सय ९० जना प्रतिनिधी मतदाता सहभागी थिए। 

अधिवेशनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। अध्यक्ष ढकाल यसअघि सचिवको जिम्मेवारीमा थिए। ०७० सालको संविधान सभा सदस्यमा निर्वाचित भएपछि एमालेको राजनीतिक नेतृत्वमा छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.