प्रथम रेसुंगा मेयरकप फुटबल प्रतियोगिता सुरु

प्रथम रेसुंगा मेयरकप फुटबल प्रतियोगिता सुरु
सुन्नुहोस्

गुल्मी : प्रथम रेसुंगा मेयरकप फुटबल प्रतियोगिता सुरु भएको छ। रेसुंगा नगरपालिकाले सोमबारदेखि प्रतियोगिता सुरु गरेको हो। प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन्। पहिलो दिनको खेलमा नगरपालिकाका वडा नम्बर १० र १२ का खेलाडी खेल्ने छन्। त्यस्तै सोही दिन वडा नम्बर ९ र १३ बीच खेल हुनेछ। 

खेल यही वैशाख २८ गतेसम्म चल्ने छ। प्रतियोगितामा विजेताले नगद  ३५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले २५ हजार, मेडल र प्रमाणपत्र पाउने नगरपालिकाले जनाएको छ। प्रतियोगितामा १६ जना खेलाडी, १ जना कोच र १ जना अफिसियल सहित १८ जना एक समूहमा सहभागी हुनेछन्।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले विश्व खेल र संगीतमा अगाडि बढेको बताए। प्रतियोगिताको उद्घाटन गर्दै नेता भण्डारीले खेलमा देशको समृद्धि र आर्थिक विकास रहेको बताए।

उनले देश विदेशमा युवालाई जोड्ने माध्यम भनेकै खेल रहेको बताएका छन्। खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भुमिका खेल्ने बताउँदै नेता भण्डारीले पछिल्लो समय नेपालमा निजी लगानीमा रंगशाला बनेकोमा खुसी व्यक्त गरे। ‘एकातिर अहिले विदेशमा जाने युवाको एयरपोर्टमा लर्को देख्छौं’,‘उनले भने’ ‘अर्कोतिर खेललाई माया गर्नेको जमात उस्तै छ त्यसैले खेलको विस्तार र खेलाडीको संरक्षण गर्ने दायित्व राज्यको हो।’

स्थानीय तहमा हुने हरेक कार्यक्रममा युवालाई सहभागी बनाएर राष्ट्रिय खेलाडी उत्पादन गर्नेमा तीनै तहका सरकार लाग्नुपर्नेमा सांसद भण्डारीले जोड दिए। खेलाडीलाई हौसला प्रदान गर्न र नयाँ खेलाडी उत्पादन गर्न मेयर कप प्रभावकारी भएको उनले बताएका छन्। 

प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेलको विकासमा थप टेवा पुग्ने रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए। मेयर कपले स्थानीय खेलाडी पहिचान गरी राष्ट्रिय खेलाडी उत्पादन गर्ने नगरपालिकाले लक्ष्य लिएको नगरप्रमुख पन्थीले जानकारी दिए। रेसुंगा मेयरकप फुटबल प्रतियोगितालाई निरन्तरता दिइने उनको भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.