पार्टी विभाजनको हल्ला भ्रामक : एकीकृत समाजवादी

पार्टी विभाजनको हल्ला भ्रामक : एकीकृत समाजवादी
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक रहेको निष्कर्ष निकालेको छ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा र हल्लाहरू गलत रहेको भन्दै त्यस्ता भ्रममा नपर्न सबैलाई अनुरोध गरेको छ।

बैठकमा सबै सांसदहरूको उपस्थिति रहेको र पार्टी संसदीय दल एकतावद्ध रहेको निष्कर्ष रहेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए। पार्टीको विवादका बारेमा चलाइएका हल्लाहरू नियोजित रहेको उनले बताए। बैठकमा सांसदहरूले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

प्रमुख सचेतक चौधरीले बजेट अधिवेशनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नहुने र त्यसपछि पुन बैठक बसेर आवश्यक निर्णय लिइने जिकिर गरे। संसदीय दलको बैठकले सरकारले ल्याउने नीति कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने निर्णय गर्दै आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्तरूपमा उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको चौधरीले बताए।

उनले अहिलेको अवस्थामा दलहरू विभाजन हुनुले राष्ट्रियतालाई नै कमजोर पार्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.