एसपीजी अटोमोबाइल्सले प्राप्त गर्‍यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘इभि पायोनियर’ अवार्ड

एसपीजी अटोमोबाइल्सले प्राप्त गर्‍यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘इभि पायोनियर’ अवार्ड
सुन्नुहोस्

काठमाडौं : एसपीजी अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ।

कम्पनीले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘इभी पायोनियर अवार्ड’ दुवै प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडीको (इभी) बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको हो।

शारडा ग्रुपका निर्देशक गौरव शारडाले यो उपलब्धी नेपाली ग्राहकहरूको असिम साथ-सहयोगले सम्भव भएको भन्दै आफूहरूलाई विश्वास गरेकोमा आभार व्यक्त गरे। ओमोडा ई५ इभी यही वर्ष फ्रेब्रुअरीमा लन्च गरिएकोमा नेपालमा अहिलेसम्म १ सय ५१ युनिट बिक्री भइसकेको छ।

ओमोडा ई५ ले अत्याधुनिक विद्युतीय प्रविधि, स्टाइलिस डिजाइन र आधुनिक सुविधाहरूका साथ नेपाली उपभोक्ताहरूको ध्यानाकर्षण र समर्थन प्राप्त गरेको छ र इभि साधनका लागि प्रमुख रोजाइको रूपमा बस्न सफल भएको छ। एसपीजी अटोमोबाइल्स प्रालि नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.