वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। शनिबार टियू क्रिकेट मैदानमा भएको टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो। 

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले ३३ रन,जोनसन चार्ल्सले २४ रन,  म्याथ्यु फर्डले २३ रन, कडिम अलेइन र मार्क डेयालले ११/११ रन, फाबिएन एलेनले ३ रन र गुडाकेश मोतीले १ रनको योगदान गरे। उपकप्तान एलिक अथान्जेले सर्वाधिक ४२ रन र हेडन वाल्सले ७ रन बनाएर अविजित रहे।

नेपालका लागि सागर ढकाल र सोमपाल कामीले ३/३ विकेट र अविनाश बोहोराले १ विकेट लिए।

नेपालले केहि समयपश्चात जवाफि ब्याटिङ गर्दैछ। नेपाललाई पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.