आमा : पर्दाभित्र पर्दाबाहिर !

आमा : पर्दाभित्र पर्दाबाहिर !

प्रकृतिको यस सृष्टिमा आमाको स्थान र महिमा अपार छ। संस्कृत भाषामा आमाको पर्यायवाची शब्दका रूपमा माता, जननी शब्दहरू प्रयुत्ताm छन्। पूर्वमा आमालाई धर्ती भनेर विशेषण दिइन्छ।

‘सहस्रं तु पितृन् माता गौरवेणाऽतिरिच्यते’ अर्थात् माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन्। यसरी आमाको महिमागान गरेको पाइन्छ। संसारका सबै धर्म र संस्कृतिमा आमालाई विशेष श्रद्धाका साथ हेरिन्छ। मानवलाई अन्नपानी खुवाएर आमाले जस्तै पालनपोषण गर्ने हुनाले पूर्वीय साहित्यमा जन्मभूमिलाई पनि आमाकै दर्जा सम्मान गरिएको पाइन्छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ यही अवधारणामा केन्द्रित श्लोक हो।

आमाको त्याग र महिमालाई सम्मान गर्दै वर्षको एकदिन भए पनि मातृसम्मान गर्ने परम्परा छ। जुन परम्परा नेपालमात्र होइन, विश्वभरि नै कुनै न कुनै रूपमा प्रचलनमा छ। नेपाली समाजमा आमाको सम्मान गर्ने दिन भनौं वा आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशीका नामबाट प्रसिद्ध छ। पश्चिमी मुलुकहरूमा आमालाई सम्मान गर्ने दिनलाई ‘मदर्स डे’ भनिन्छ। यसरी, पूर्व र पश्चिम दुवैतिर आमाको सम्मान गर्ने परम्परा युगौंदेखि प्रचलनमा रहेको देखिन्छ।

‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरीयसी’ भन्ने भावमा केन्द्रित रहेर विश्वका प्रायः सबै भाषामा विभिन्न विधाका अनेक कृतिको सिर्जना भएका छन्। साहित्यिक कृतिका अतिरिक्त आमालाई केन्द्रमा राखेर चलचित्रको निर्माण गर्ने प्रचलन पनि पाइन्छ।

प्रकृतिको यस सृष्टिमा आमाको स्थान र महिमा अपार छ। संस्कृत भाषामा आमाको पर्यायवाची शब्दका रूपमा माता, जननी, अम्बाजस्ता शब्दहरू प्रयुक्त छन्। पूर्वमा आमालाई धर्ती भनेर विशेषण दिइने गरेको पाइन्छ। सन्तान तथा परिवारलाई न्यानोपना प्रदान गर्न आमाले आफैंलाई गलाउन र जलाउन सक्ने यथार्थ हामी सबैले देखेभोगेकै हुनुपर्छ।

मान्छेका सन्दर्भबाट हेर्दा आमाप्रति सन्तानको जति अपेक्षा हुन्छ, त्यसभन्दा धेरै गुणा ममत्व र त्याग सन्तानप्रति आमाको हुन्छ। पारिवारिक सुख एवं अमनचैनका लागि ‘आमा’ एउटा बलियो स्तम्भ हुन्। आफ्नो अस्तित्वलाई मेटाएरै भए पनि सिंगो परिवारलाई एउटै सूत्रमा बाँधेर राख्ने शक्तिस्वरूपा हुन् आमा। त्यसैले आमा विश्वासको घडा हुन्, आस्थाको पुञ्ज हुन्, आदर्शको आकाश हुन् अनि त्यागको बिम्ब हुन्।

सन् १९०७ मा प्रकाशित म्याक्सिम गोर्र्कीको ‘आमा’ धेरै भाषामा अनुदित भई विश्वका असंख्य पाठकलाई आकर्षित गर्न सफल भएको उपन्यास हो। सोभियत संघमा मात्र प्रस्तुत कृतिको दुई सयभन्दा बढी संस्करण प्रकाशन भएको जानकारी पाइन्छ। विश्वका लगभग चार दर्जन भाषामा अनुदित यस कृतिको ८० लाखभन्दा बढी प्रति प्रकाशन भएर विश्वभर पुगेको बताइन्छ। विश्वप्रसिद्ध यसमा आधारित भर्र्ई चलचित्र निर्माण गरिएको छ।

क्रान्तिकारी मानवतावादीको सेरोफेरोको चित्रण पाइने गोर्कीको ‘आमा’ शीर्षक उपन्यासले नेपाली साहित्यकारहरूलाई पनि गहिरो प्रभाव पार्न सफल भएको देखिन्छ। यस दृष्टिले हेर्दा नेपाली साहित्यमा मात्र म्याक्सिम गोर्कीको ‘आमा’ शीर्षक कृतिको अनुवाद एकजनाले मात्र नभई विभिन्न व्यक्तिले गरेको भेटिएको छ। नेपाली साहित्यमा बी.एन. प्रधानले सन् १९७६, राजेन्द्र मास्केले सन् १९८१, बाबुराम भट्टराईले २०५५ तथा वसन्तकुमार शम्र्मा नेपालले २०७१ मा गोर्कीको ‘आमा’ शीर्षक उपन्यास अनुवाद गरी प्रकाशन गरेको जानकारी पाइन्छ।

नेपाली साहित्यका कविता, कथा, आख्यान, निबन्ध, नाटक आदि विविध विधामा आमाको ममत्व, संवेदनशीलता एवं संघर्षको चित्रणका साथ आमाप्रति श्रद्धाभाव प्रकट गर्दै अनेकौं कृति लेखिएका छन्। नेपाली साहित्यमा आमालाई केन्द्रमा राखेर लेखिएका कृतिहरूको सर्वेक्षण गर्नु यस लेखको अभीष्ट हो।

साहित्यको इतिहास कालक्रमका आधारमा तयार पार्नुपर्ने सर्वमान्य सिद्धान्त भए पनि दैनिक पत्रिकाको पाठकका लागि पठन सहज होस् भन्ने हेतुले यस लेखमा सर्जकको वर्णानुक्रमका आधारमा आमाका गतिविधिमा आधारित भई लेखिएका नेपाली साहित्यका विभिन्न विधाका कृतिको सर्वेक्षण गरिएको छ।

कविता संग्रह

नेपाली कविताका क्षेत्रमा आमालाई विषय बनाएर लेखिएका कविता संग्रह, लामाछोटा काव्य तथा गीति संग्रहहरू थुप्रै प्रकाशन भएका छन्। त्यस्ता कृतिहरूको उल्लेख तल गरिन्छ :

  • ऋतु आसीक     आमालाई (२०४८)
  • एकदेव ज्ञवाली    आमा, दिदीबहिनी हो ! ! ! (२०६०)
  • कमलमणि बराल     आमाको सपना (२०५१)
  • कल्पना आचार्य    आमाभित्र देश (२०६५)
  • कविता राई    आमा र जून (२०७६)
  • केदार पोखरेल    आमा (२०७२)
  • खगेन्द्र प्रसाद आचार्य    मेरी आमा र म (२०७४)
  • खगेन्द्र प्रसाद आचार्य    मेरी आमा र म २ (२०७५)
  • खगेन्द्र प्रसाद आचार्य    मेरी आमा र म ३ (२०७६)
  • खगेन्द्र प्रसाद आचार्य    मेरी आमा र म ४ (२०७८)
  • गङ्गा लिगल     आमा (२०६४)
  • गणेश ‘कौडिण्य’     आमाको गुनासो र अर्ति (२०५४)
  • गीता कार्की    आमा किरणहरूको छालमा (२०७६)
  • गोपालप्रसाद रिमाल     आमाको सपना (२०२०)
  • गोविन्द आचार्य    आमा (२०५९) 
  • चित्रराज त्रिपाठी     आमालाई पत्र, भाइलाई गुहार (२०२३)
  • टीकादत्ता धिताल    आमाको माया (२०६३)
  • टीकादेवी नेपाल    आमाको माया (२०५६)
  • टीकाराम शर्मा पौडेल    आमाको ओखती (२०७२)
  • टेकनाथ पीडित     आमाहरू (२०६९)
  • तारा दाहाल     आमाको वृक्ष (२०६४)
  • तुलसा ‘स्वदेशी’ राई    आमा (२०७५)
  • दिलीप श्रेष्ठ    खोलापारिकी आमा (२०७७)
  • दिवाकर बराल     आमाको सम्झना (२०६७)
  • दिव्यलक्ष्मी पोखरेल     आमाको स्नेह (२०६५)
  • दीपक सोती    मेरी आमा रुँदी हुन् (२०६७)
  • दुर्गाप्रसाद अधिकारी    आमालाई चिठी (२०५८)
  • देवीप्रसाद उपाध्याय रेग्मी ‘वनवासी’     आमाको सन्देश (२०२१)
  • देवेन्द्रराज शाक्य     आमा (२०६८)
  • धनकुटे कान्छा    अक्षरहरू, आमा र देश (२०६२, हाइकु)
  • धर्मेन्द्र उपाध्याय     तिमी घामकी आमा (सन् २०१२)
  • ध्रुवलाल शर्मा    आमाको सम्झना (२०६२)
  • नरप्रसाद धिताल ‘बूढानीलकण्ठ सेवक’    आमाको काखमा (२०६१)
  • नवराज न्यौपाने (सं.)    नेपाल आमा (भाग १) (२०६३)
  • नारायणदत्त शास्त्री     आमाको आँशु (२०१५)
  • पेशल आचार्य    जून आमा जून (२०७२)
  • प्रेमवहादुर मानन्धर    आमाको मुहार उज्यालो पारौं (२०४१)
  • बलदेव अवस्थी ‘पुर्चुणो’    आमालाई रुवाएर नमरूँ (२०६१)
  • बिन्दु श्रेष्ठ     आमा (२०६४)
  • बोगीराम गोर्खा भण्डारी    आमा ! पूरा भयो तिम्रो चाहना (सन् २०१३)
  • भुवन शिवाकोटी ‘चौघरे’     नेपाल आमाको फैसला (२०६७)
  • मनरूप नेप्च्युन    मेरी आमा (२०४८, सह)
  • महेश राज थापा     आमा (२०७८)
  • मित्रप्रसाद दाहाल    आमा (२०७६)
  • मीना शाक्य    आमाको पुकार (२०६९)
  • मोहनबहादुर कायस्थ     आमा मेरी आमा (२०७३)
  • यमुना प्रधानांग ‘मुना’    आमा (२०६७)
  • रमेश ढु्ंगाना     आमाको सम्झना (२०६६)
  • रमेश श्रेष्ठ    आमा नदीहरू (२०५७)
  • राजीव     कमिनी आमा (२०७३)
  • राजेन्द्र तारकिणी     आमाको वेदना (२०६७)
  • रामबाबु सिग्द्याल     आमा (२०१४)
  • रामबाबु सुवेदी    आमाजस्ती गुरुमा (२०६०, बाल)
  • रामबाबु सुवेदी    नेपाल आमा (२०५६)
  • रूपनारायण श्रेष्ठ     आमा रोएको देश (२०७९)
  • रेवती राजभण्डारी     आमाको खोजी (२०६९)
  • ललिता दोषी    समयकी आमा (२०७०)
  • शंकर सुवेदी    आमा (२०५९)
  • शरद अधिकारी    आमा (२०७५)
  • शान्तिकुमारी राई     आमाको सम्झना (२०५४)
  • शिवराज शर्मा    आमाको पुकार (२०२४)
  • शुकदेव शर्मा लामिछाने    आमाको माया (२०५९)
  • शेरबहादुर गुरुङ    आमाको बिलौना (२०३७)
  • शोभा पोखरेल ‘पौडेल’    आमाको माया (२०७७)
  • सुरेशजङ्ग शाह    आमा (सन् २००४)
  • सुरेश हाचेकाली    सीमान्त आमाहरू (२०६६)
  • सुवर्णराम जोशी    आमाको वन्दना (२०४४)
  • सुष्मा रानाहँमा    आमाको तासफोटो (२०७७)
  • सूर्यमणि रेग्मी    आमाको पुकार (२०७७)
  • सूर्यवदना पण्डित     मेरी आमा (२०७२)
  • हिमालय लोहनी    नेपाल आमाको पुकार (२०३६)

काव्य

  • अर्जुन अस्तफल र सुरेन्द्र अस्तफल     आमा (२०७३)
  • उमा गुरुङ     आमाको सम्झना (२०६५)
  • ओमवीरसिंह बस्न्यात     आमा (२०५७)
  • ओमवीरसिंह बस्न्यात    आमा नदीहरू (२०५७)
  • कमला देवकोटा     आमाको सम्झनामा दुई थोपा आँसु (२०७४)
  • कुमारी खाती    आमा (सन् २००३)
  • कृष्णप्रसाद शर्मा वस्ती    ठुलीआमा (२०६३)
  • कृष्णविलास पौड्याल     आमा (२०७०) 
  • खेमनाथ शर्मा पौडेल    आमा (२०५८)
  • खेमराज ओझा     नेपाल आमा (२०६२, महाकाव्य)
  • गङ्गा कर्माचार्य पौडेल    धौली आमा (२०६५, बाल)
  • गंगाधर कट्टेल    आमा खण्डकाव्य (२०७५)
  • गणेश घिमिरे ‘मार्मिक’    आमा (२०७८)
  • गीता खत्री    आमा हुन् आमा (२०७१)
  • गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’    आमा (२०६१)
  • चूडामणि ओली    आमा (२०७२)
  • जनक वाग्ले    आमाको चिनो (२०७७)
  • जनार्दन शर्मा पौडेल     आमाको सम्झना (२०६०)
  • ज्योति पौडेल     आमा (सन् २०१४) 
  • ज्ञाननिष्ठ ज्ञवाली     आमा (२०७८)
  • टीकाराम शर्मा    आमाको पुकार (२०२०)
  • तीर्थराज पाण्डेय ‘आँशु’    आमाको सपना (२०५८) 
  • तुलशीराम शर्मा कश्यप     आमा (२०४५, महाकाव्य)
  • त्रिलोचन आचार्य    आमाबिनाको घर (२०६०)
  • देवीप्रसाद शर्मा पौडेल     आमा (२०१२)
  • धर्मराज अर्याल    आमा (२०७३)
  • नवीनबन्धु पहाडी    आमाको आँगन (२०७४, महाकाव्य)
  • नारदमणि पौड्याल    आमाको यादमा (२०६५)
  • नारायणदत्ता शास्त्री    आमाको आँशु (२०१५)
  • पवनकुमार खनाल     आमा (२०४२)
  • पुरुषोत्ताम सिग्देल     आमा (२०६९, महाकाव्य)
  • पुष्पलता आचार्य    आमा छोरा (२०६३, बाल)
  • पोषराज पौडेल    आमा (२०६६)
  • बुद्धिप्रसाद शर्मा रेग्मी    मेरी आमा (२०७९, महाकाव्य)
  • भद्रकुमारी घले    आमा (२०६६)
  • भद्रसिंह बुढा ‘भद्र भास्वर’    बोक्सी आमा (२०७२)
  • भरतराज पीडित     आमा म पाऊँ कहाँ ? (२०६८)
  • भागवतप्रसाद शर्मा    आमाको पुकार (२०५९)
  • भाग्यशाली अधिकारी     आमाका क्रन्दन (२०६०)
  • भूपेन्द्र सुवेदी    आमा र उनको बह (२०७०)
  • भेषराज पन्त ‘निश्छल’     आमा (२०६९)
  • मनोज निरौला ‘कल्पित’     आमाको माया (२०६७)
  • महादेव अधिकारी    तपसी आमा (२०७८)
  • माधव घिमिरे    पापिनी आमा (२०२७)
  • मित्रप्रसाद दाहाल     आमा (२०७६, महाकाव्य)
  • रणबहादुर क्षेत्री     आमाको पुकार ः छोराको हँुकार (सन् १९८९)
  • राज्यलक्ष्मी निरौला     आमाको वेदना (२०६०)
  • रामचन्द्र जोशी     आमा (२०४५)
  • रामचन्द्र भट्ट    आमाको सम्झना (२०४६)
  • लक्ष्मीदत्ता भट्ट ‘सत्यप्रेमी’     आमाको स्मृतिमा (२०६९)
  • विद्यापति दाहाल     आमा (२०६०)
  • विशाल के. सी.    आमा (सन् २०१४)
  • विश्वराज ढुंगाना    आमाको कथा (२०६२, गीतिकाव्य) 
  • विष्णु के.सी.    आमा (२०७१)
  • विष्णुहरि अधिकारी    आक्रोसित आमाको विलौना (२०६०)
  • शंकर पौडेल    आमा (२०५२)
  • शिवगोपाल रिसाल    आमा (२०६५)
  • शेषकान्त अर्याल    आमा म पृथ्वीमा जान पाऊँ (२०७१)
  • श्यामानन्द पौड्याल    आमा (२०३४)
  • श्रीहरि फुयाँल    आमाको सम्झना (२०४७)
  • सीताराम अधिकारी     आमा (२०३७, शोक काव्य)
  • सोमप्रसाद गर्तौला     मेरी आमा (२०७१)

गीत

  • कर्णबहादुर पौडेल     आमाको परिश्रम (२०३९)
  • गणेशप्रसाद काफ्ले    आमाको परिश्रम (२०४४)
  • जयानन्द जोशी ‘परमहंस’     नेपाल आमा (२०७७)
  • जानुका राई     आमा (२०७४) 
  • जीवनी ढुकुरे    आमाको माया (२०२४)
  • टेक तामाङ     नेपाल आमा (२०७८)
  • दामोदर घिमिरे    मेरी आमा कति राम्री (२०६३, बाल)
  • धनहजुर राणा     आमा म जान्छु (२०२५)
  • धर्मराज थापा     आमा–छोरा
  • पुष्पलता आचार्य     गाउँको माया आमाको काख (२०५२)
  • रुकु कार्की    धर्ती हाम्री आमा (२०६८, बाल)
  • सूर्यनाथ सापकोटा    मेरी आमा दिलभरि (२०७१)

माथि उल्लिखित काव्यकृतिमध्ये प्रायःजसो कृति सर्जकका जन्मदातृ आमासँग सम्बन्धित छन् भने कतिपय साहित्यकारले आफ्नो स्थानीय जन्मभूमि एवं सिंगो देश नेपाललाई आमाको रूपमा चित्रण गर्दै तयार गरेका कृति पनि छन्। उल्लिखित कृतिमध्ये अधिकांश जन्मदातृ आमाको निधनबाट आहत भएर शोककाव्यका रूपमा लेखिएको देखिन्छ। माथि उल्लेख गरिएबाहेक नेपाली साहित्यमा आमा शीर्षक नदिइए पनि आमालाई केन्द्रमा राखेर थुप्रै काव्यात्मक कृतिको सिर्जना भएका छन्। उदाहरणका लागि गार्गी शर्माको ‘गोमा’ शीर्षक महाकाव्य एवं नरनाथ लुइटेलको ‘ठुली’ शीर्षक काव्यलाई लिन सकिन्छ।

कथा

आमा शीर्षककै सेरोफेरोमा नेपाली कथाका क्षेत्रमा पनि थुप्रै कृति सिर्जना भएका छन्। तिनको उल्लेख लेखकको नामको वर्णानुक्रमका आधारमा तल गरिन्छ :

  • अनुराधा    सुपर आमा (२०७५, बाल)
  • उर्मिला लामिछाने    आमा र छोरा (२०६३, बाल)
  • कल्पना अधिकारी     आमा (२०६२)
  • कृष्णदीप सिग्देल     आमा खुसी हुनुभयो (२०७२, बाल)
  • कृष्णश्री राई    बौलाही आमा र सुनौला मुस्कानहरू (२०७१) 
  • खगेन्द्र संग्रौला     आमा र यमदूतहरू (२०५९)
  • गणेशकुमार पौडेल     आमाको खोजी (२०७६) 
  • गोविन्दप्रसाद भुसाल     आमा (२०६३) 
  • ज्योति अधिकारी     आमाको माया (२०५९, बाल)
  • झपटबहादुर गुरुङ     मेरी आमा (२०४९) 
  • तेजविनोद पोखरेल     आमाको रित्तो सन्दुस (२०७६)
  • देवीप्रसाद सुँयल थापा ‘मामा’     आमा (सन् २०१०)
  • नारायणप्रसाद निरौला    आमाको माया (२०७५)
  • पोष चापागाईं    आमा पुतली (२०५८, बाल) 
  • बी.बी. लकान्द्री    आमा घर फर्किनन् (सन् १९९३)
  • माया ठकुरी     आमा ! जानुहोस् (२०६४)
  • मोहनबहादुर कायस्थ     गोरेकी आमा (२०६६) 
  • रक्ष राई    शहीदकी आमाको लास (२०५७)
  • रञ्जुश्री पराजुली    सबै आमाका सन्तान (२०४८, बाल)
  • राधिका दाहाल    पागल आमाहरू (२०६४)
  • रामलाल जोशी    बाआमा (२०७९)
  • लक्ष्मीप्रसाद निरौला     लेकाली मीतआमा र अरू सिर्जनाहरू (२०६३)
  • लव जोशी    आमाको सन्दुक (२०७७)
  • विजयराज आचार्य    आमाको माया (२०७०, बाल)
  • विष्णु के.सी.    आमाको उपचार (२०६४)
  • शिवभत्ताm शर्मा    आमा (२०३८)
  • श्याम अधिकारी    झापाली आमा (२०६२)
  • श्रीधर पौडेल    सौतेनी आमा (२०६९, बाल)
  • समीक्षा थापा     आमा (२०७०, बाल)
  • हरिहर खनाल    सहिदगेटकी आमा (२०७५)

उपन्यास 

जन्मदातृ आमाका विविध रूपको चित्रण गरी नेपालीमा उपन्यासहरू पनि प्रशस्तै लेखिएका छन्। यसरी लेखिएका औपन्यासिक कृतिहरूको उल्लेख उपन्यासकारको नामको वर्णानुक्रमका आधारमा तल गरिन्छ :

  • अनिल पौडेल     आमाचरी (२०६३)
  • अनुपम रोशी    कुमारी आमा (२०६८)
  • अप्सरा लावती    आमाको चाहना (सन् २००१)
  • आन्विका गिरी    आमाले सक्नुहुन्छ (२०७५, बाल)
  • इन्द्र खवास    आमाको गुनासो (२०५२)
  • कात्यायन     कोमामा आमा (२०७३)
  • केसु विरही    आमाको माया (२०५७)
  • खगेन्द्र संग्रौला    आमाको छट्पटी (२०३२)
  • गीता उपाध्याय     आमा म फस्ट भएँ (सन् १९९९)
  • गुरुङ रामप्रकाश समथिङ    साहसी आमा (२०७४)
  • चन्द्र इङ्नाम     बन्दरगाहमा आमा (२०७५)
  • त्रिलोचन ढकाल    सबै आमाको काखमा (२०७४, बाल)
  • दामोदर अधिकारी     छोराकी आमा (२०७८)
  • पुण्य खरेल     त्रिवेणी आमा (२०६६)
  • भत्ताmबहादुर नेपाली     नेपाली आमा (२०४९)
  • भारती खरेल    यौटी आमाको कथा (२०४६)
  • भारती खरेल    कुमारी आमा (२०५१)
  • भारती गौतम    अमेरिकामा आमा (२०७२) 
  • रविकिरण निर्जीव     आमाको दूधको भारा (२०७२)
  • रामकृष्ण बान्तवा     आमाछोरीको कथा (२०६१) 
  • रामकृष्ण बान्तवा     आमालाई चिठ्ठी (२०७५) 
  • रामप्रकाश पुरी    नानीकी आमा (२०६३) 
  • रामेश कोइराला    आमाको मुटु (२०६८)
  • विजय सापकोटा    आमाको माया (२०६०)
  • सन्ध्या उपाध्याय    अभागिनी आमा (२०७८)
  • सञ्जय थापा    पार्टीकी आमा र मुत्तिाm (२०४७)
  • हरि खनाल     आमा (२०७८)
  • हरिभक्त बुढाथोकी     आमाको उपहार (२०३०)

नाटक

आमालाई नै विषय बनाएर कतिपय साहित्यकारले नाटक पनि सिर्जना गरेका छन्। तीमध्ये कतिपय पुस्तकाकार कृतिका रूपमा प्रकाशन भएका छन् भने कतिपय मञ्चन मात्र भएको जानकारी पाइन्छ। आमालाई विषय बनाई नेपालीमा प्रकाशित नाट्यकृतिको उल्लेख तल गरिन्छ:

  • उदय शर्मा    आमा (२०३९)
  • देवेन्द्रकुमार रिजाल     आमाको पुकार (२०६७)
  • नरनाथ शर्मा निरौला    आमा (२०६१)
  • नारायणदत्ता शास्त्री     आमा (२०१७)
  • प्रेमसिंह सुवेदी     कुमारी आमा (सन् २०००)
  • महेश पौड्याल     आमा नहुँदा एक साँझ (२०६८)
  • माधव भँडारी    आमाको आकांक्षा (२०३१)
  • मोदनाथ प्रश्रित    आमाको काखमा (२०२९)
  • सुनील राई    आमा (सन् २००७)

आमालाई विषय बनाएर नाटकको विद्युतीय स्वरूप चलचित्रको निर्माण विश्वका धेरै भाषामा भएको पाइन्छ। नेपालमा निर्मित पहिलो चलचित्रको शीर्षक पनि आमा नै रहेको छ। नेपालीमा आमा शीर्षकमा निर्माण गरिएका चलचित्र र तिनका लेखक यसप्रकार छन् :

  • दुर्गा श्रेष्ठ    आमा (२०२१)
  • राजकुमार शर्मा    आमा (२०५४)
  • दीपेन्द्र के.  खनाल    आमा (२०७६)
  • रमेश क्षेत्री    आमा (२०७८)

 माथि उल्लेख गरिएमध्ये २०२१ सालमा निर्मित चलचित्र श्री ५ को सरकार प्रचार विभागद्वारा तत्कालीन राज्य व्यवस्थाको समर्थन गर्ने अभीष्टले देशलाई आमाको रूपमा चित्रण गरी सरकारी लगानीमा निर्माण गरिए भने अन्य चलचित्र सामाजिक कथावस्तुमा आधारित भई निजी लगानीमा तयार गरिएका हुन्।

निबन्ध

नेपालीमा कतिपय साहित्यकारले आमाको संस्मरणमा निबन्धात्मक कृतिको पनि सिर्जना गरेको पाइन्छ। यस्ता निबन्धात्मक कृतिमध्ये अधिकांश कृति आमाको जीवनका संघर्षपूर्ण पाटाको चित्रणमा केन्द्रित देखिन्छन्। नेपालीमा लेखिएका यस्ता कृतिको तिनको उल्लेख रूपमा तल गरिन्छ :

  • अर्जुनदेव भट्ट    मेरी आमाः एक दृढ प्रतिज्ञ नारी (२०७८)
  • कमलराज रेग्मी    आमा, म र पाल्पा (२०६६)
  • खगेन्द्र संग्रौला    आमा र यमदूतहरू(२०५९) 
  • घनश्याम राजकर्णिकार    पवित्र सम्झना आमाको (२०४३)
  • ‘चक्रपाणि’ (मदनमणि)    मेरी आमाको प्रश्नलाई अझै जवाफ चाहिएको छ (२०३२)
  • चन्द्र ‘श्री’ कार्की    आमा मेरी आमा (२०७१)
  • नरेन्द्रराज प्रसाई    मेरी आमा भागीरथा प्रसाई (२०७६)
  • नीलप्रभा राजोपाध्याय    आमा (२०७७)
  • पुष्कर अथक रेग्मी    आमा (२०७१)
  • भवानी क्षत्री     आमाहरू (२०६८)
  • भुवनहरि सिग्देल    आमोई (२०७२)
  • भोजराज भट्ट    आमाका गाथाहरू (२०७८)
  • मित्रसेन दाहाल    आमा (२०७३)
  • राजन कार्की    आमा व्यथै–व्यथा (२०७७)
  • रामशरण कार्की    आमाको पुकार (२०५२)
  • श्यामप्रसाद    मेरी आमा (२०२३)
  • सन्ध्या रेग्मी    आमाका अविस्मरणीय अतीतहरू र म (२०६६)
  • हरिप्रसाद पाण्डे    आमासँगै यात्रा (२०६२)

माथि उल्लेख गरिएबाहेक आमा शीर्षक नदिएको भए पनि जन्मदातृ आमाको संस्मरणमा छोरीहरूद्वारा लिखित आमासम्बन्धी अन्य कृतिहरू पनि नेपालीमा प्रकाशित छन्। यसको केही उदाहरण तल दिइन्छ :

  • नयादेवी     अन्नपूर्णादेवी (सन् २०११) 
  • मञ्जु थापा     जीवन संघर्षका पलहरू (२०६८)
  • रत्नमणि लामा     प्रेरणाको स्रोत मायादेवी (सन् १९९६) 

नेपाली निबन्धकारले जन्मदातृ आमामात्र नभएर समाजमा आदर्श छवि निर्माण गर्न सफल महिलालाई पनि आमाकै रूपमा चित्रण गरी कृतिको सिर्जना गरेको पाइन्छ। देवकुमारी सिंहद्वारा लिखित ‘पुण्यात्मा आमा’ (सन् १९५२) शीर्षक कृतिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ। सन्त रामकृष्ण परमहंसकी पत्नी शारदादेवीको त्याग र समाज सेवाका बारेमा चर्चा गरिएको यस कृतिमा उनीभित्र रहेको धार्मिक आस्थालाई देखाइएको छ।

मानवरूपी आमा मात्र नभएर पशुलाई पनि मानवीय संवेदना प्रत्यारोपण गरी आमाको महत्ता प्रस्तुत गरिएको कृति पनि नेपाली साहित्यमा पाइन्छ। चक्रपाणि र केशवजीको सहलेखनमा प्रकाशित ‘गाईआमाको करुण क्रन्दन’ (२०१२) शीर्षक कृति यसको उदाहरण हो। नेपालीमा आमासम्बन्धी एकल रचनाबाहेक अनेक कृतिहरूको सम्पादन गरी आमाको महत्ता गाइएको स्थिति पनि नेपाली साहित्यमा पाइन्छ। यसको पुष्टि निम्न कृतिले गर्छन् :

सम्पादन

  • तुलसी-गोविन्दराज भट्टराई    स्मृतिमा आमा (२०७६)
  • प्रमोद प्रधान     आमा ! मेरी आमा ! ! (२०७६)
  • मञ्जु थापा     छोरीले जन्माएका आमाहरू (२०७९)
  • विश्व शाक्य     आमा : मनको मझेरीबाट (२०६४)
  • शिवनारायण र मधु पोखरेल    स्मृतिमा आमा (२०७७)
  • सम्पादन समूह     पर्दाभित्र लुकेका अर्घाखाँचीका आमाहरू (२०७८)
  • आ.के. राई र सचिन राई शेर्पा    सम्झनामा आमा (२०७३)

माथि उल्लेख गरिएका कृति पुस्तकाकार रूपमा प्रकाशित मात्र हुन्। यीबाहेक आमाप्रति श्रद्धाभाव व्यक्त गरिएका अनगिन्ती फुटकर रचनाहरू नेपाली साहित्यमा देखिएका छन्। विभिन्न पत्रपत्रिकामा प्रकाशित फुटकर रचनाको स्थिति हेर्ने हो भने आमासम्बन्धी रचना नलेख्ने लेखक बिरलै मात्र भेटिन्छन्। 
माथि उल्लेख गरिएबाहेक आमालाई केन्द्रबिन्दुमा राखेर नेपाली साहित्यका विभिन्न विधामा प्रकाशित अन्य थुप्रै कृति यस लेखका लेखकको जानकारीमा भए पनि प्रामाणिक सामग्रीको अभावमा यहाँ उल्लेख गर्न सकिएको छैन। यो सर्वेक्षण लेखकको निजी संकलनमा रहेका सामग्रीका आधारमा तयार गरिएको हो।

सीमित समय र स्रोतका कारण आमाबारे लेखिएका कृतिहरूको पूर्ण सर्वेक्षण हुन नसकेको यथार्थ टड्कारो रहेको छ। सम्बद्ध व्यक्तिबाट आवश्यक जानकारी र सामग्री प्राप्त भएमा यस सर्वेक्षणलाई पूर्णता दिई तुलनात्मक र विश्लेषणात्मक अध्ययन गर्नसक्ने मार्ग प्रशस्त हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.