नवनियुक्त उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन-प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुनू

नवनियुक्त उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन-प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुनू
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन्। हालै नियुक्त भएका  पूर्वाञ्चल,मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिए। उनले भने,'विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ। यहाँहरूको नियुक्ति पनि सोहीअनुसार भएको हो,आ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला ।'

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई आग्रह समेत  गरे।

पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया,मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा. हेमराज पन्तले आज नियुक्तिपत्र बुझेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.