गर्मी छल्न ‘जाउँ हिँड रेसुंगा’

गर्मी छल्न ‘जाउँ हिँड रेसुंगा’
सुन्नुहोस्

गुल्मी : देशभर गर्मी बढेको छ। गर्मी छल्ने उचित गन्तव्य गुल्मी जिल्ला बन्न सक्छ। वैशाख २० गते प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जाउँ हिँड रेसुंगा’ अभियानलाई काठमाडौंबाटै उद्घाटन गर्दै छन्। यसका लागि रेसुंगा नगरपालिकाले पनि व्यापक तयारी गरेको छ। 

नगर प्रमुख खिलध्वज पन्थीका अनुसार ‘समुन्नत रेसुंगा हाम्रो शान, उत्कृष्ट नगर सबैको पहिचान’ नारासहित नगरपालिकाले रेसुंगालाई विश्वमा चिनाउन ‘जाउँ हिँड रेसुंगा’ अभियान सुरु गरेको हो। पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धि हाँसिल गर्ने उद्देश्यले रेसुंगाको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘जाउँ हिँड रेसुंगा’ अभियान प्रधानमन्त्री दाहालले बिहीबार उद्घाटन गर्ने कार्यक्रम रहेको नगरप्रमुख पन्थीले जानकारी दिए। ‘रेसुंगाको मात्र नभई जिल्लाको समृद्धिका लागि यो अभियान जरुरी छ’, नगरप्रमुख पन्थीले भने, ‘यसलाई नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सबैको सहयोग आवश्यक छ।’

गत जेठ २१ गतेदेखि सुरु भएको यस अभियानमा एक वर्षको अवधिमा झन्डै १ लाख आन्तरिक तथा बाह्य पर्यटक रेसुंगामा पुगेका नगरपालिकाका प्रवक्ता तथा ‘जाउँ हिँड रेसुंगा’ अभियानका संयोजक रामप्रसाद पन्थी (राम्जी)ले जानकारी दिए। संयोजक पन्थीका अनुसार रेसुंगामा कोरिया, फ्रान्स, बेलायत र अमेरिकालगायत विदेशी मुलुक र नेपालका ५५ जिल्लाबाट पर्यटक आएका छन्। 

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण गुल्मीलाई विश्वमाझ चिनाउन र पर्यटक भिœयाउन गुल्मीको रेसुंगा नगरपालिकाले गत जेठ २१ मै ‘जाउँ हिँड रेसुंगा’ अभियान चलाएको हो। अभियान सञ्चालनको करिब १ वर्षको अवधिमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक रेसुंगा पुगेका छन्। 

करोडौंको लगानीमा गर्जुरामा रेसुंगा पार्क निर्माण गरिएको छ। जसले पर्यटक भिœयाउन थप टेवा पुगेको पाइन्छ। स्थानीय सरकारले आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको संरक्षण तथा प्रचार–प्रसारमा जोड दिइरहेका छन्। त्यस्तै धार्मिक तथा पर्यटकीय क्षेत्रमा प्राचीन शैलीमा निर्माण गरिएका कलात्मक मठमन्दिरले थप सौन्दर्य बढाएको छ। रेसुंगा, अर्जुन, मुसिकोट दरबार, गुल्मी दरबार, इस्मा दरबार, धुर्कोट दरबार, तिमुरे ताल, बिचित्र गुफा, मालिका मन्दिर, कंके देउराली, रूख घर लगायतका स्थलहरू पर्यटकीय हिसाबमा निकै चर्चित छन्। 

बुटवलबाट १ सय १५ किलोमिटर पक्की सडकको यात्रापछि सदरमुकाम तम्घास पुग्न सकिन्छ। तम्घासको चिसो हावासँगै रेसुंगाको अवलोकनका लागि पुग्ने आन्तरिक पर्यटकमध्ये तराईका जिल्लाका पर्यटकको संख्या बढी छ। रेसुंगा र अर्जुनसँगै जिल्लाको सदरमुकाम तम्घास बजार यतिबेला शीतलताको लागि उपयुक्त गन्तव्य बनेको छ। 

तम्घासबाट २५ मिनेटको सवारी साधन र केही पैदल यात्रापछि प्रसिद्ध धार्मिक स्थल रेसुंगा पुग्न सकिन्छ। यहाँबाट जिल्लाका र छिमेकी जिल्लाका रमणीय दृश्य देख्न सकिन्छ। रेसुंगाको अवलोकन गर्ने यो उत्तम समय हो भने तराईको गर्मी छल्न रेसुंगा उपयुक्त विकल्प पनि हो। दिउँसोको समयमा छिनछिनमा खुल्ने आकाश अनि देखिने सुन्दर दृश्यले जोकोहीको मन लोभ्याइ हाल्छ। 

दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको यस गुल्मी जिल्लामा प्रशस्त सम्भावना बोकेका प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थलहरू छन्। जसले देशमा मात्रै होइन, विदेशमा पनि आफ्नो पहिचान बनाएका छन्। 

प्राकृतिक सौन्र्दयता र यहाँका धार्मिक तथा पर्यटकीय स्थलको आफ्नै महत्व र महिमा छ। धार्मिक र पर्यटकीय क्षेत्रले जिल्लाकै आर्थिक तथा सामाजिक विकासमा ठूलो टेवा पुगेको छ। जिल्लाभर थुपै्र ऐतिहासिक, धार्मिक तथा विभिन्न सांकृतिक रूपमा भरिपूर्ण स्थलहरू छन्। जहाँ घुम्न र प्राकृतिक आनन्द लिन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या दैनिक बढ्दो छ। 

लिच्छविकालीन र मध्यकालमा सैनिक गुल्म भएकाले जिल्लाको नाम गुल्मी भनेर नामाकरण गरिएको भनाइ छ। भौगोलिक रूपमा लुम्बिनी प्रदेशको पहाडी जिल्ला हो गुल्मी। जिल्लाका विभिन्न ठाउँमा पुग्ने जो कोहीको हरियाली वनजंगल र सुन्दर डाँडाकाँडा देख्न सक्छन्। एक पटक पुगेका स्थान र त्यहाँको मनमोहक दृश्यले फेरि पुगौं जस्तो अनुभूति भएको आन्तरिक पर्यटक मदन भण्डारीले बताए। ‘पछिल्लो समय रेसुंगामा पर्यटकको आकर्षण बढ्दो देखियो। यद्यपि यहाँका भौतिक पूर्वाधारलगायत क्षेत्रमा अझै विकास गर्नुपर्ने देखिन्छ’, उनले भने। 

भौतिक पूर्वाधारको विकास गर्न यहाँ सरकारले थुप्रै बजेट खर्चिएको छ। निर्माणको काम सकिएर लामो समयसम्म रोकिएको रेसुंगा विमानस्थल यतिबेला सञ्चालनमा छ। नेपाल एयर लाइन्सको जहाजले नियमित उडान भरेसँगै आर्थिक समृद्धि तथा जिल्लाको पर्यटन विकासमा थप टेवा पुग्ने आशा पलाएको छ। घण्टौं जोखिम मोलेर गर्ने सवारी यात्रा हवाईमार्फत सहज र छरितो बनेको छ। बुटवल तम्घास विद्युतीय सवारी चलिरहेका छन्। गुल्मी जिल्ला आसपासका जिल्लाबाट यात्रु जहाजको यात्रा गर्न थालेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.