यो गठबन्धन धेरै टिक्दैन, कांग्रेस फेरि सरकारमा आउँछ : प्रकाशशरण महत

यो गठबन्धन धेरै टिक्दैन, कांग्रेस फेरि सरकारमा आउँछ : प्रकाशशरण महत
सुन्नुहोस्

नुवाकोट : नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्रि डा. प्रकाशशरण महतले देशमा यो गठबन्धन सरकार धेरै समय नटिक्ने बताएका छन्। उनले यो गठबन्धन स्वार्थका लागि मात्रै बनेको आरोप लगाएका छन्। 

नुवाकोटको विदुरमा आयोजित एक कार्यक्रममा डा.महतले एमाले र माओवादीको गठबन्धनको जग बलियो नरहेको बताए। 'यो गठबन्धनको आधार नै अविश्वासिलो रहेको हुँदा दिगो हुने आधार म देख्दिनँ', डा. महतले अगाडि भने।

उनले अहिलेको गठबन्धन दलको जग aलियो नरहेको आरोप लगाउँदै फेरि पनि कांग्रेस ढिलोचाँडो सरकारमा जाने बताए । उनले कांग्रेस पार्टी बलियो भए मात्र देश बलियो हुने बताए।

‘अहिलेको परिवेशमा पार्टीभन्दा पनि व्यक्तिगत प्रश्रय पाइरहेको छ। यसले संगठनमा समस्या ल्याएको छ', उनले भने। डा. महतले संगठन बलियो भएमा नेपाली कांग्रेसको लोकप्रियता बढ्यो भने सबैले त्यसबाट फाइदा लिन सक्ने बताए।

डा. महतले नयाँ भनिएका राजनीतिक दलहरुलाई खहरे खोलाको संज्ञा दिँदै त्यस्ता दलहरु क्षणिक रहेको बताए। देशमा अवसरवादी प्रवृत्ति हावी भएको महतले बताए। उनले अवसरवादी प्रवृत्तिका कारण देशले अनेक समस्या भोगिरहेको उल्लेख गरे। 

देशको राजनीति अवसरवाद, धोका, अस्थिरता र अन्यौलतामा गुज्रिरहेको डा. महतको भनाइ छ। उनले आफूले काम गरेको अवस्थामासमेत अवसरवादी चरित्र भएकाहरुले अनेक आरोप लगाएको दावी गरे। उनले नेपालमा ढिलोचाँडो कांग्रेस सरकारमा जानेसमेत बताए। 

'अहिलेको गठबन्धन लामो समय जालाजस्तो छाँटकाँट छैन, खुट्टी देख्दैमा चाल पाइयो, हेरम् कांग्रेस सरकारमा जाने समय पनि नजिक आउलाने। देशमा कांग्रेसले बाहेक विकासको नेतृत्व अरुले गर्न सक्दैन।', उनले भने।

डा.महतले आफ्नै सक्रियतामा छहरे–टोखा सुरुङमार्ग प्राथमितामा परेको र चालु वर्षमा एक अर्व रुपैयाँ बजेट व्यवस्था गरिएको दावी गरे। यसले नुवाकोट र रसुवालाई काठमाडौंसँग नजिक बनाउनुका साथै विकास र अवसरसमेत दिने बताए।

छहरे–टोखा सुरुङमार्गका लागि प्राविधिक अध्ययन भइरहेको उनले बताए। 'विस्तृत अध्ययन सकिएपछि योजना अनुसार सरकारले चासो दियो भने ५ वर्षभित्रमा यसले पूर्णता पाउँछ', डा. महतले भने।

कांग्रेसले लिएको अर्थनीतिलाई देशी विदेशी सबै शक्तिले स्वीकार गरेको दावी गर्दै डा. महतले कांग्रेसलाई स्वीकार गर्न नसक्नेहरुले विरोध गरिहेको आरोप लगाए। कांग्रेस फेरि सरकारमा जाने र जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे।

डा. महतले भने, ‘आत्मविश्वास जगाऔं, विचार पुर्‍याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ। जुन क्षेत्रमा प्रतिफल बढी आउंछ, त्यसैमा लगानी गर्दा उपयुक्त हुन्छ, उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ। देशमै केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्‍याउनुपर्छ, भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ।’ उनले युवा पुस्तालाई देशमै रोजगारीका सम्भावनाहरुका लागि सरकारले विशेष योजना ल्याएर युवा शक्तिहरुलाई विदेश जानबाट रोक्नु पर्ने बताए।

विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनासकारी भूकम्प, कोरोना रोगको संक्रमण लगायतका कारणले पछि परेको महतको भनाइ छ। डा. महतले एकले अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिले पनि देशमा अनेक समस्या आइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.