रास्वपाका मन्त्रीको प्रश्न :‘संसदमा कसका लागि आएको हो ? नागरिक, आफ्नो दल वा आफ्नै लागि मात्र ?’

रास्वपाका मन्त्रीको प्रश्न :‘संसदमा कसका लागि आएको हो ? नागरिक, आफ्नो दल वा आफ्नै लागि मात्र ?’
सुन्नुहोस्

काठमाडौं :  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले संसदमा कसका लागि आएको हो ? भन्दै प्रश्न गरेकी छन्। शुक्रबार उनले संसद् नागरिक, आफ्नो दलको लागि वा आफ्नै लागि मात्र भन्दै प्रश्न गरेकी हुन्। उनले  विधि, नीति नबनाउने  भावुक गफ दिने,जनताको अपेक्षामाथि खेलवाड गर्ने र आफ्नो जिम्मेवारी मतलबै नगर्ने भन्दै आक्रोश व्यक्त गरेकी हुन्।

‘संसदमा कसका लागि आएको हो ? नागरिकको लागि, आफ्नो दलको लागि या आफ्नै लागि मात्र ?’ रास्वपाकी सह–महामन्त्रीसमेत रहेकी श्रेष्ठले प्रश्न गर्दै भनिन्,‘मेरो पुस्ता वाक्कदिक्क भइसक्यो यो घृणित क्रियाकलापबाट। न विधि बनाउन लागेको छ, न नीति बनाउन लागेको छ। भावुक गफ दिने, जनताको अपेक्षामाथि खेलवाड गर्ने, आफ्नो जिम्मेवारी मतलबै नगर्ने ?’

वर्षको एकचोटी आफ्नो चुनावी क्षेत्रका लागि मन्त्रीकोमा गएर योजना मागिदिने बाहेक देशको भविष्यप्रति जनप्रतिनिधिको कुनै जिम्मेवारी हुँदैन त भन्दै उनले प्रश्न गरिन्। ‘सांसदको काम आफ्नो निर्वाचन क्षेत्रमा बजेट लग्ने अनि पत्रिकाको हेडलाइन पढ्ने मात्र हो त भन्दै आक्रोश व्यक्त गरेकी छन्। ‘वर्षको एकचोटी आफ्नो चुनावी क्षेत्रका लागि मन्त्रीकोमा गएर योजना मागिदिनेबाहेक देशको भविष्यप्रति जनप्रतिनिधिको कुनै जिम्मेवारी हुँदैन त ?’ श्रेष्ठले भनेकी छन्,‘सांसदको काम आफ्नो निर्वाचन क्षेत्रमा बजेट लग्ने अनि पत्रिकाको हेडलाइन पढ्ने मात्र हो त ?’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ। बैठक सुरु हुने बित्तिकै प्रतिपक्षले अवरोध गरेपनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। त्यसपश्चात गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपनि लामिछाने बोल्न पाएनन्। कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्। शुक्रबारको बैठकमा धकेलाधकेल, सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेटको अवस्थासमेत भएपछि बैठक स्थगित भएको हो। 

बिहीबार संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसद आमनेसामने भएका थिए। दुई कार्यसूचीपछि नाराबाजीकैबीच सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बोल्न पाएनन्।  लामिछानेलाई रोस्ट्रममा जान सहजीकरणका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, उपसभामुख इन्दिरा रानामगर, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलालगायतले इसारा गरेका थिए। लगत्तै ओलीकैको अगाडि रहेका कांग्रेस उपसभापति धनराज गुरुङले सत्ता पक्षको बेञचमा पुगेर अभद्र व्यवहारसमेत गरेका थिए। कांग्रेसकै देवप्रसाद तिमिल्सिनाले रोक्ने प्रयासगरेपनि नरोकिएका गुरुङलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रोक्दा समेत रोकिएका थिएनन्। त्यसपछि एमालेका प्रमुख सचेतक बर्तौला, ठाकुर गैरे,सूर्य थापा,हरिप्रसाद उप्रेती, दामोदर पौडेललगायत समन्वय गर्न पुगेपछि धकेलाधकेल भएको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहप्रवक्ता मनीष झाले संसदमा गृहमन्त्री मन्त्रीलाई बोल्न नदिएको र संसद्मा कांग्रेसको व्यवहार गर्दा अब संसदीय समिति नबन्ने बताए। संसद् बैठकपछि उनले भने, ‘अब समिति त्यो बेलामा मात्र बन्छ, जब कांग्रेस आफ्ना पदाधिकारीहरूको फाइल खोल्न तयार हुन्छ।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवाका, उनका श्रीमती र छोराको पनि छानबिन गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.