विवादास्पद सामग्री प्रशारण गर्ने सिधा कुराका सम्पादक र प्रस्तोतालाई प्रेस काउन्सिलले बोलायो

विवादास्पद सामग्री प्रशारण गर्ने सिधा कुराका सम्पादक र प्रस्तोतालाई प्रेस काउन्सिलले बोलायो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : विवादास्पद सामग्री प्रशारण गर्ने सिधा कुराका सम्पादक र कार्यक्रम सञ्चालक/ प्रस्तोतालाई प्रेस काउन्सिलले बोलाएको छ। काउन्सिलले धारावाहिकरुपमा विवादास्पद सामग्री सम्प्रेषण भइरहेको देखिएको भन्दै सञ्चारमाध्यमबाट सम्प्रेषण भएको सामग्रीका पुष्टि हुने आधार प्रमाणसहित सोमबार ३ बजे सञ्चार माध्यमका सम्पादक र कार्यक्रम सञ्चालक प्रस्तोतालाई कार्यालयमा उपस्थित हुन पत्राचार गरेको हो।

प्रकाशक युवराज कँडेलद्वारा सम्पादित सिधाकुरा डटकममा 'EXLUSIVE : ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको 'स्टीङ अपरेशन' कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए' शीर्षक राखेर सम्प्रेषित अडियोसहितको सामग्रीको सम्बन्धमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा र कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियाले शुक्रबार इमेलमार्फत काउन्सिलमा उजुरी दिएका थिए। 

काउन्सिलले पत्रमा भनेको छ, ‘उजुरीका सम्बन्धमा त्यहाँ मिडियाबाट सम्प्रेषित सामग्रीमा उजुरीकर्ताहरुको भनाइबेगर, स्टिङ अपरेशनको नाममा प्रविधिको अदृश्य प्रयोग गरी तथ्यगत आधार प्रमाण बिनै व्यक्ति र सम्मानित संस्थाको मर्यादा, प्रतिष्ठामा आँच आउनेगरी समाचार सामग्री प्रसारण गरी आचारसंहिताको गम्भीर उल्लङ्घन भएको प्रारम्भिक अनुगमनको आधारमा उक्त अडियोसहित सम्प्रेषित सामग्री हटाइ जानकारी गराउन र त्यस किसिमको भ्रामक सामग्री के कसरी सम्प्रेषण हुन गएको हो ? सोको जवाफसमेत पेस गर्न पत्राचार भएको बेहोरा अवगत नै छ। उक्त सम्बन्धमा त्यहाँ मिडियाबाट मिति २०६१।१।१५ गते अपराह्न ३:१५ मा काउन्सिलको निर्देशनलाई अस्वीकार गर्दै विशेष सम्पादकीयमार्फत् आफ्नो भनाइ सम्प्रेषण भएको अनुगमनवाट देखिएको र ढिलो गरी काउन्सिलमा प्राप्त जवाफमा रिपोर्टमा समाचारका सामान्य मान्यताअनुसारका समाचारको ब्यालेन्समा पक्कै केही कमजोरी भएको हुनसक्छ' भनी स्वीकार भएको र 'सिधाकुराको समाचार कक्षको प्रमुखको हैसियतमा हामीबाट समाचारको व्यालेन्सको कुरामा केही कमजोरी भएपनि प्रस्तुत समाचारका आरोपितहरुको भनाइलाई हामी स्थान दिने नै छौं' भनी जवाफ पेस भएको पाइयो। साथै त्यस मिडियाको अनुगमन हुँदा 'अन्नपूर्ण टावरको डील, रामशाहपथको पेसी र फैसलाका संयोगहरु शीर्षकमा २०८०1१।१५ राति १०:२२ मा र 'स्टीङकर्ताको बयान- अनि स्टिङ अपरेशन खारेज गराउन लाग्नेहरु नै स्टीङ अपरेशनमा परे' शीर्षकमा २०८०।१।१६ ०१:४७ मा सिलसिलेवर सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ।’

प्रसारित सामग्रीका सम्बन्धमा काउन्सिलले दिएको निर्देशन अस्वीकार गर्दै विशेष सम्पादकीयमार्फत आफ्नो भनाइ प्रकाशन गरेको पाइएको पत्रमा उल्लेख छ। आचारसंहिता अनुगमन उपसमितिको बैठकले समाचारमा आरोप लगाइएका व्यक्तित्वहरुको त्यस अडियो सामग्रीमा आवाज नभएको, सम्प्रेषित सामग्रीमा उजुरीकर्ताको नाम आइरहँदा सम्बन्धितको भनाइ राख्नुपर्नेमा त्यस्तो नभएकाले सामग्रीले सन्तुलन गुमाएको र तथ्यगत पुष्टिका आधार नदेखिएको निष्कर्ष निकालेको छ।  सिधा कुरालाई लेखिएको पत्रमा भनिएको छ, ‘उक्त सामग्रीकै सन्दर्भमा सिलसिलेवर रुपमा थप दुई भागसमेत सम्प्रेषण भएको सम्बन्धमा मिति २०८०।०१।१६ गतेको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा छलफल हुँदा "समाचारमा आरोप लगाइएका व्यक्तित्वहरुको त्यस अडियो सामग्रीमा आवाज नभएको, सम्प्रेषित सामग्रीमा उजुरीकर्ताको नाम आइरहँदा सम्बन्धितको भनाइ राख्नुपर्नेमा त्यस्तो कार्य नभएको हुँदा सामग्रीले सन्तुलन गुमाएको र तथ्यगत पुष्टिका आधार नदेखिएको हो।’

तथ्यगत आधार प्रमाण विनै व्यक्ति र सम्मानित संस्थाको मर्यादा, प्रतिष्ठामा आँच आउनेगरी प्रविधिको अदृश्य प्रयोग गरी समाचार सामग्री प्रसारण भइ त्यसवाट पत्रकार आचारसंहिता गम्भीर उल्लङ्घन हुन गएको काउन्सिलको ठहर छ। पत्रमा भनिएको छ,‘उक्त सम्बन्धमा काउन्सिलबाट मिति २०६१।१।१४ गते त्यहाँ पठाएको पत्रानुसार कार्यान्वयन नगरी ढिलो गरी काउन्सिलमा प्राप्त जवाफमा रिपोर्टमा समाचारका सामान्य मान्यताअनुसारका समाचारको ब्यालेन्समा पक्कै केही कमजोरी भएको हुनसक्छ'भनी स्वीकार भएको र "सिधाकुराको समाचार कक्षको प्रमुखको हैसियतमा हामीबाट समाचारको व्यालेन्सको कुरामा केही कमजोरी भएपनि 'प्रस्तुत समाचारका आरोपितहरुको भनाइलाई हामी स्थान दिने नै छौं' भनी जवाफ पेस भएको पाइयो।’ काउन्सिलले पत्रमा भनेको छ,‘तथापि धारावाहिकरुपमा यसैसँग सम्बन्धित विवादास्पद सामग्री सम्प्रेषण भइरहेको देखिएको हुँदा सञ्चार माध्यमबाट सम्प्रेषण भएको सामग्रीका पुष्टि हुने आधार प्रमाणसहित २०८१।०१।१७ गते दिनको ३:०० बजे सञ्चार माध्यमका सम्पादक र कार्यक्रम सञ्चालक प्रस्तोतालाई काउन्सिलमा उपस्थित हुन पत्राचार गर्ने” निर्णय भएको हुँदा मिति २०८१।०१।१७ दिनको ३:०० बजे उपस्थितिका लागि निर्णयानुसार जानकारी गराइन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.