बेनी–गलेश्वर सडक कालोपत्रे भएको चार महिनामै बिटुमीन ‘बिलिडिङ’

बेनी–गलेश्वर सडक कालोपत्रे भएको चार महिनामै बिटुमीन ‘बिलिडिङ’
सुन्नुहोस्

बेनी : चार महिनाअघि कालोपत्रे भएको म्याग्दीको बेनी–गलेश्वर खण्डको सडकमा राखेको बिटुमिन (अलकत्रा) पग्लीन थालेको छ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने २ किलोमिटर १०२ मिटर बेनी–गलेश्वर खण्डमा गत पुष महिनामा डिबिएसडी प्रविधिको कालोपत्रे गरिएको थियो। 

चिसो मौसममा कालोपत्रे गर्ने क्रममा आवश्यकता भन्दा बढी बिटुमिन राखिएकाले गर्मीसँगै पग्लिएर पिच उप्किने जोखिम बढेको प्राविधिकहरूले बताएका छन्। डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने क्रममा पहिलो चरणमा प्राइम कोड राख्ने र त्यसको २४ घण्टापछि चिप्स सहित पहिलो चरणको कोट बिछ्याउने गरिन्छ। 

पहिलो कोट सेट भए (जमे) पछि दोस्रो चरणमा बिटुमिन र चिप्स राख्ने गरिन्छ। प्राविधिकहरूका अनुसार प्रति बर्गमिटर १ देखि १.२ लिटरका दरले बिटुमिन राख्नुपर्नेमा बेनी गलेश्वर सडक कालोपत्रे गर्ने क्रममा प्रति बर्गमिटर १.२ लिटर भन्दा बढीका दरले बिटुमिन हालिएकाले पग्लिन थालेको हो। प्राविधिक भाषामा बेनी–गलेश्वर सडकमा देखिएको समस्या ‘बिलडिङ’ हो। 

बिटिमुन पग्लिएर पिच उप्किन थालेपछि ठेकेदार कम्पनीले मजदुर परिचालन गरेर बालुवा र ढुङ्गा कुटेर धुलो (डष्ट) पिच गरेको सडकमा राखेका छन्। बालुवा र धुलोका कारण कालोपत्रे सडकमा यात्रा गर्न सास्ती भएको छ। 

कालोपत्रे भइसकेको सडकमा गर्मीले पग्लिने बिटुमिन सोस्न राखिएको धुलो र बालुवाले स्थानीय बासीको साथै मुस्ताङ जाने आउने पर्यटकहरूलाई सास्ती भएको छ। सवारी साधनको टायर बालुवामा चिप्लिएर दुर्घटना हुने जोखिम बढेको यात्रुहरूले गुनासो गरेका छन्। 

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुब कुमार झाले बिलिडिङ हुन थालेपछि सडक मर्मत गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको र उसले मर्मत गरिरहेको बताए। एक वर्षभित्र मर्मत गर्नुपर्ने सम्झौता अनुसार ठेकेदारले आफ्नै खर्चमा मर्मतको काम गरेका उनले बताए।  

सो सडक कालोपत्रे गर्न मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले भ्याट/पिएससहित  १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँ मा २०७९ पुष १७ गते ठेक्का सम्झौता गरेको थियो। दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएपनि लक्ष्य अघिनै काम सकेका निर्माण व्यवसायी सुवासचन्द्र कार्कीलाई बेनी नगरपालिका, गलेश्वर आमा समूह लगायत संघ संस्थाले सम्मान गरेका थिए। 

भवितव्य र प्राविधिक कारणले सडकमा उत्पन्न समस्या समाधानका लागि मर्मत गरिरहेको शनिबार गलेश्वरमा सडक मर्मतमा खटिएका सञ्चालक कार्कीले बताए। सो सडकमा कालोपत्रेका अलावा ४ वटा कल्भर्ट निर्माण र २०० मिटर आरसीसी ढलान भएको छ। 

करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको बेनी–जोमसोम–कोरला सडक योजनाको कार्यालयले जनाएको छ। २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको ७ वटा प्याकेजको निर्माण सकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.