सरकारलाई दिएको समर्थन कायमै छ : जसपा नेपाल

सरकारलाई दिएको समर्थन कायमै छ : जसपा नेपाल
सुन्नुहोस्

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको छ। 

पार्टी कार्यालय बालकुमारी मंगलबार बसेको जसपा नेपालका नेताहरूको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको हो। 

बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले मिलेर चल्नुपर्ने मतादेशअनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको भन्दै अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा नसोचेको बताए। 

उनले पार्टी महाधिवेशनमा पराजित हुने डरले अहिले नै पार्टी फुटाएको सुमनको आरोप छ। उनले केही व्यक्तिहरूले पार्टी छाडेपनि त्यसले पार्टीलाई धेरै असर नपर्ने दाबी गरे। प्रवक्ता सुमनले आफूहरूकै नेताले घरमा आगो लगाएर पार्टी छाडेको भन्दै यसको कसैलाई दोष नदिने बताए। पार्टी विभाजनमा ठूलै शक्तिको हात रहेको उनको भनाइ छ। उनले महाधिवेशनलाई समयमै आयोजना गर्नका लागि आवश्यक तयारीलाई तीव्रता दिने बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.