पाल्पामा ६ जना औलो रोगी भेटिए

पाल्पामा ६ जना औलो रोगी भेटिए

तानसेन : पाल्पामा चालु आर्थिक वर्षमा ६ जना औलो रोगी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार ६ जना औलो रोगी भेटिएका हुन्। 

जसमा तानसेन नगरपालिकामा १ जना, रामपुर नगरपालिकामा २ जना, माथागढी गाउँपालिकामा २ जना, आयातित औलो बिरामी हुन भने पूर्वखोला गाउँपालिकामा १ जना स्थानीय औलो रोगी भेटिएका हुन। ६ जना औलो रोगीको उपचार पछि पूर्ण रुपमा निको भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। 

पाल्पामा ५ वर्षको अवधिमा १४ जना औलोको बिरामी भेटिएकोमा १३ जना बाहिरी जिल्लाबाट आयातित र १ जना स्थानीय बिरामी रहेका छन्। पाल्पामा चालु आर्थिक वर्षमा २ हजार ४ सय ५८ जना बिरामीहरूको औलो रोग सम्बन्धी रगत परीक्षण गरिएको छ। औलो रोग परीक्षण तथा उपचारका लागि पाल्पाका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरूमा निःशुल्क व्यवस्था रहेको छ। 

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले विश्व औलो रोग दिवसका अवसरमा औलो विरुद्धको लडाइँलाई  तीव्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं भन्ने अभियान सञ्चालन गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले, सरकारको सन् २०२५ भित्र औलो रोग उन्मूलन अभियानलाई सफल बनाउन, औलो जोखिम क्षेत्र पहिचान गरी रगत परीक्षणका कार्यक्रमहरू सञ्चालन गरेको, सीमा नाका तथा समुदायमा सचेतना अभियान सञ्चालन गरेको, जोखिम क्षेत्रहरूका झुल वितरण तथा कीटनाशक औषधिहरूको प्रयोग बढाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए। 

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले ११ जना महिला स्वयंम सेविकाहरूलाई सेवाबाट बिदाइ गरेको छ। जिल्लामा ६० वर्ष उमेर पुगेका महिला स्वयंम सेविकाहरूलाई संघबाट २० हजार र प्रदेश सरकारबाट ५० हजार गरी ७० हजार रुपैयाँ प्रदान गरि बिदाइ गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.