विराटनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगरबाट लागूऔषधसहित दुई जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरको भिन्दाभिन्दै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–५ का ३१ वर्षीय आकाश धिमाल र सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ४८ वर्षीय सुवास नगरकोटी रहेका छन्। 

धिमाललाई विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट प्रहरीले पक्राउ गरेको हो। भारतको जोगवनीबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने वस्तु लिएर पैदल नै नेपालतर्फ आउँदै गरेका उनी आइतबार पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा धिमालको साथबाट ३.४४ ग्राम ब्राउन सुगर बरामद भएको थियो। इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ। 

त्यस्तै, नगरकोटी विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेका हुन्। भारतको जोगवनीबाट लागूऔषध खरिद गरेर साइकलमा नेपालतर्फ फर्कदै गरेको अवस्थामा नगरकोटीलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनको साथबाट १ सय ६५ चक्की नाइट्राभेट र ८० चक्की स्पासमोप्रोक्सिभन प्लस बरामद भएको छ। रानी प्रहरीको हिरासतमा रहेका उनीविरुद्ध पनि लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.