लमजुङमा हावाहुरीले विद्यालयको छाना उडायो

लमजुङमा हावाहुरीले विद्यालयको छाना उडायो
सुन्नुहोस्

बेंसीसहर : मंगलबार साँझपख चलेको हावाहुरीले लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा रहेको सरस्वती सदन आधारभूत विद्यालयको छानो उडाएको छ। 

चैते दसैंको दिन मंगलबार साँझपख ५ बजेतिर आएको हावाहुरी र पानीले विद्यालयको ८६ वटा जस्ता उडाएर काम नलाग्ने बनाएको प्रधानाध्यापक रामचन्द्र घिमिरेले बताए। उनका अनुसार हावाहुरीले विद्यालयको छानो उडाउनुका साथै बाल कक्षा र यूकेजी कक्ष जलमग्न बनाएको छ।

कक्षाकोठामा विछ्याइएका म्याट्रेस, कार्पेट, भित्ताका लेखनहरू, भित्तामा राखिएका विभिन्न पाठ्यसामग्री नष्ट पारेको घिमिरेले बताए।

‘हावाहुरीले उडाएका जस्ता काम नलाग्ने बनाएको छ। नयाँ राख्न विभिन्न निकायमा हारगुहार गरेका छौं', प्रधानाध्यापक घिमिरेले भने। बुधबार बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बसेर जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय सरकार, विभिन्न संघसंस्थालाई सहयोग माग गर्ने निर्णय गरिएको उनले बताए।

२०३० सालमा स्थापना भएको विद्यालयले चालु शैक्षिक सत्रबाट बालबालिकाको वृद्धि विकास र पठनपाठनलाई सहजीकरण गर्न किन्डरगार्डेन कक्षा सञ्चालन गर्ने र प्रथामिक तहमा अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालनको तयारी गरेको थियो। शैक्षिक सत्र सुरु भएर भर्ना अभियान चलिरहेको बेला विपदमा पर्दा समस्या थपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर परियारले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.