बर्दिबासमा पानी र विद्युत केन्द्रको माग

बर्दिबासमा पानी र विद्युत केन्द्रको माग
सुन्नुहोस्

काठमाडौं : बर्दिबासमा सुनकोसी -मरिन डाइभर्सनको पानी ल्याउनु पर्ने र  विद्युत वितरण केन्द्र स्थापना हुनु पर्ने माग राख्दै स्थानीय,उद्योगीहरु सिंहदरबार पुगेका छन् । उनीहरुले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रि शक्ति बहादुर बस्नेतलाई भेटेर बर्दिबासमा देखिएका समस्या समाधानका लागि ज्ञापन पत्र बुझाएका छन् । 

बर्दिबास शहर उन्मुख भइरहँदा निकट भविष्यमा हुने खानेपानीको समस्या समाधानका लागि सुनकोशी—मरिन डाइभर्सनको पानी बर्दिबासमा ल्याउनु अति जरुरी रहेकाले आयोजना सञ्चानका लागि सम्भावता अध्ययन गर्न माग गरिएको छ । त्यसैगरी विद्युतको महसुल तिर्न बाहेक अन्य सुविधाका लागि गौशाला जानु पर्ने बाध्यता रहेकाले बर्दिबासमै अधिकार सम्पन्न विद्युत वितरण केन्द्र स्थापना गर्न पनि माग गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णुबहादुर खड्काले जनाए ।

बर्दिबास नगरपालिकामा मात्रै ३० हजार बन्दा बढी उपभोक्ताले मासिक अढाई करोड महसुल बुझाउँछन् । तर, कामका लागि भने गौशाला धाउनु पर्ने बाध्यता रहेको वाणिज्य संघले मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘गौशाला पुग्दा दिनभरी कामका लागि लाग्ने, पटक—पटक धाउनु पर्ने बाध्यता छ ।’

त्यसैगरि बर्दिबास नगरपालिकामा खानेपानी र सिचाईका लागि सुनकोशी— मरिन डाइभर्सनको पानीको पुर्‍याउन मन्त्रालयबाट आयोजना सञ्चालनका लागि नाप, नक्सा, डिजाईन, डीपीआर तयार गर्न आयोजन स्वीकृत गर्न माग गरिएको छ । बर्दिबासस्थित राजमार्गको दक्षिणमा रहेको ढल्केवर— मलंगवा ३३ हजार केभी प्रशारण लाईनको पोल सार्ने निर्णय भएको बस्नेतले बताए ।  उनले भने,‘अब छिट्टै अधिकार सम्पन्न विद्युत केन्द्र स्थापना बारे निर्णय गर्ने विश्वास दिलाउँछौं । ’

बर्दिबासमा सिचाई र खानेपानीको सुविधा पुर्‍याउन योजनाबद्ध काम भइरहेको मन्त्री बस्नेत भनाई छ । ‘सुनकोशी —कमला सिचाई आयोजनाको सम्भाव्यता अध्ययन अर्को वर्षदेखि गछौं । सुनकोशी—मरिन डाइभर्सनको बाँध र सुरुङ खन्ने काम भइरहेको छ । त्यो पानी बागमतिमा आउने बितिकै पानीको उपयोगबारे प्रश्न अवश्य नै उठ्छ । त्यो पानीलाई बर्दिबास लगायतको क्षेत्रमा पुर्‍याउन  पनि सम्भाव्यता अध्ययन गर्छौं ,’ मन्त्री बस्नेतले भने।’ चुरेमा ड्याम बनाएर तराईका खानेपानीको मुहान रिचार्ज गर्ने कार्यक्रम अर्को वर्षदेखि सुरु हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.