आज रामनवमी : भक्तिपूर्वक रामको पूजा आराधना गरिँदै

आज रामनवमी : भक्तिपूर्वक रामको पूजा आराधना गरिँदै
सुन्नुहोस्

काठमाडौं : हरेक वर्ष चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा मनाइने रामनवमी पर्व बुधबार श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाइएको छ । मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा देशभर रामनवमी मनाइएको हो ।

रामनवमीको अवसरमा बिहानैदेखि राम मन्दिर,जानकी मन्दिर,जनक मन्दिरलगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

 आजको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरूले पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् । भगवान विष्णु सातौं अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो । 

संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ ।रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धामिर्क ग्रन्थहरुमा उल्लेख छ ।

रामनवमीको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.