यति एयरलाइन्सको नयाँ वर्ष योजना : २ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उडान

यति एयरलाइन्सको नयाँ वर्ष योजना : २ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उडान
सुन्नुहोस्

काठमाडौं :   नयाँ वर्ष २०८१ को उपलक्ष्यमा यति एयरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ।

सामाजिक सञ्जालहरुमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरुलाई यतिले हवाई भाडा शत प्रतिशत छुट गर्ने घोषणा गरेको हो। हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यति एयरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यति एयरलाइन्सले जानकारी दिएको छ। हाल एयरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिँदै आएका छन्।

यात्रुहरुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरुको हवाई भाडामा शत प्रतिशत छुट गरिएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि वैशाख १ गतेदेखि सीमित समयको लागि लागू गरिएको छ।

यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरुले यति एयरलाइन्सको चेक-इन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनु पर्नेछ। यतिले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरुका लागि विशेष काउण्टरमार्फत सेवा दिँदै आइरहेको छ।

हाल यति एयरलाइन्सले ७ वटा एटिआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४००० भन्दा धेरै यात्रुहरुलाई सेवा दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.