प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेटवार्ता जारी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेटवार्ता जारी
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ। उनीहरुबीच उपनिर्वाचन र समसामयिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

बैशाख १५ गते प्रतिनिधि सभा सदस्यतर्फ इलाम-१ र प्रदेश सभा सदस्यतर्फ बझाङ-१ (१)मा उपनिर्वाचन हुँदैछ। 

यता लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन्। तर एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेपछि सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको हो।

सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सहमति नभए विश्वासको मत नदिने अडान राखेर बार्गेनिङ गरिरहेका छन्।

यता प्रधानमन्त्री प्रचण्डले आज दिउँसो मन्त्रिपरिषद् बैठकसमेत बोलाएका छन्। आज केहि कर्मचारीको नियुक्ति र बढुवा हुने सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.