एमाले सिन्धुलीको मतदन सुरु, अध्यक्षमा कार्की र श्रेष्ठबीच प्रतिस्पर्धा

एमाले सिन्धुलीको मतदन सुरु, अध्यक्षमा कार्की र श्रेष्ठबीच प्रतिस्पर्धा
सुन्नुहोस्

सिन्धुली : नेकपा एमाले सिन्धुलीको आठौं अधिवेशबाट नेतृत्व छनौटका लागि मतदना सुरु भएको छ। एमाले सिन्धुलीको आगामी नेतृत्वका लागि सिन्धुलीमाढी स्थित बागवानी केन्द्रमा शुक्रबार बिहान १० बजेबाट मतदान सुरु भएको हो। 

निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि केही ढिला गरी सुरु भएको मुख्य निर्वाचन अधिकृत पदम मगरले जानकारी दिए। मतदानबाट जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित हुनेछन् भने पाँच जना मनोनित हुनेछन्।

यसैबीच एमाले सिन्धुलीको अध्यक्षका लागि दुई जनाको उमेद्वारी दर्ता भएको छ। निवर्तमान अध्यक्ष कुमार कार्की (रामकुमार) र कमलामाई नगर कमिटिका अध्यक्ष महेन्द्रदेव श्रेष्ठविच प्रतिस्पर्धा हुँदै छ। उपाध्यक्षका लागि निवर्तमान उपाध्यक्ष कर्ण घिसिङ र खड्गबहादुर रजन मगरबीच प्रतिस्पर्धा हुँदै छ। 

सचिवमा पनि दुई जनाको प्रतिस्पर्धा छ। निवर्तमान सचिव नारायण बराल र नवराज थिङले उमेद्वारी दिएका छन्। यस्तै दुई उपसचिवमा ७ जनाको उम्दवारी परेको छ। उपसचिवका लागि शंकर कुमार कार्की, कुमार शर्मा, राजु बराल, दिपेश बराल र टिकबहादुर कार्की खुल्लामा प्रतिस्पर्धा गर्दै छन भने मिथुला कुमारी घिमिरे प्याकुरेल र पार्वती भट्टराई विच महिला उपसचिवका लागि प्रतिस्पर्धा हुँदै छ। 

लेखा समितिको संयोजकमा संजयकुमार दाहाल निर्विरोध निर्वाचित भएका छन्। उनीसँगै ३६ जना सदस्यहरु निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ। अन्य सदस्यहरुमा युवाहरुको उमेदवारी धेरै परेको छ। खुल्ला, भुगोल, समावेसी सदस्यहरुमा भने मतदान भइरहेको छ। 

मतदानमा सात सय ८४ जना प्रतिनिधिले भाग लिन पाउने छन। शुक्रबार (आज) साँझ ६ बजेसम्म मतदान गर्न सकिने मुख्य निर्वाचन अधिकृत पदम बहादुर मगरले जानकारी दिए। मतदान सकिएपछि शुक्रबारनै मतगणना कार्य सुरु हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.