हेटौंडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता

हेटौंडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता
सुन्नुहोस्

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ। हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंगा कृषि सहकारी सस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो।

लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै गत सोमबार हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको हो। उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्याममा लागेको साना व्यवसायी मध्य गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको बताइएको छ। 

मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ। करिब चार महिना लामो परीक्षणपश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएका उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए। उपमहानगरपालिकाको १ लाख रुपैयाँबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृति पाउँदा आफूहरु निकै खुसी भएको उद्यमी समुहका अध्यक्ष चिनीमाया गुरुङले बताइन्।

गाउँमा आयआर्जनका लागि केही काम नभइ बसेका हामीलाई उपमहानगरले कामका लागि दिएको हौसलाले अहिलेको अवस्था आएको उनले बताइन्। 'यसै बसेका थियौं, काम गर्नका लागि लगानी गरिदिने नगर प्रमुखले भनेपछि गुन्द्रुकको काम थालेका हौं’, अध्यक्ष गुरुङले भनिन्। नगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाइ गुन्द्रुकको उत्पादनमा लागेको उनले बताइन्। 

अनुज्ञा पत्र नहुँदा बजारमा लैजान नपाएर गाउँमै अहिले करिब ३ लाख बराबरको गुन्द्रुक घरमै राखेको उनले जानकारी दिइन्। बजारीकरणको बाटो खुलेको र उपमहानगरले सहयोग समुहमा रहेका १२ जनाले गरेको कामले सार्थकता पाउने उनको भनाइ छ। गत असोजमा कामको लागि सम्झौता गरेसँगै समुहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए। उद्योग शाखाको तथ्याङ्क अनुसार उपमहानगरले ८ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिए पनि अहिले २ सय ६८ जना उद्यममा जोडिएको जनाएको छ। 
 
हेटौंडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख मीनाकुमारी लामाले बताएकी छन्। उद्यमी समुहलाई अनुज्ञा पत्र हस्तान्तरणको क्रममा उनले हेटौंडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन्। 

उनले पहिलो चरणमा हेटौंडामा रहेको साना तथा ठुलो होटलहरुमा यहाँको उत्पादनलाई राख्नका लागि पहल गर्ने र बाह्य जिल्लामा बिक्रीका लागि आन्तरिक पहल गर्ने बताइन्। उपमहानगरपालिकाले लगानी गरेर तालिम तथा अन्तरक्रिया गरे पनि अहिले गरेको सानो लगानीले यहाँका महिलाहरुलाई उद्यमी बनाउन मद्दत पुगेको बताइन्। उनले उपमहानगरको लगानीमा हेटौंडामा सञ्चालन भएको कोशेली घरमार्फत स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरिरहेको बताइन्।

स्थानीय उत्पादनलाई बजारीकरण गर्ने तयारी अनुसार नगर प्रमुख लामाले मकवानपुका होटल व्यवसायीसँग छलफल गरेकी छन्। छलफलका क्रममा होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिस गोबिन्द जोशीले मासिक १२ सय किलो गुन्द्रुक जिल्लामा खपत हुने गरेको बताए। उनले बाह्य ठाउँबाट ल्याएको गुन्द्रुक भन्दा यहाँको उत्पादन बिक्रीका लागि पहल गर्ने प्रतिबद्धता जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.