बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस गरेँ : प्रचण्ड

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस गरेँ : प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महसुस हुने गरेको बताएका छन्। शनिबार

बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

उनले भने,‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो।’

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस हुने गरेको प्रचण्डले बताए। उनले भने,‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उहाँको अभाव खड्किरहन्छ।’

हृदयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेता बोगटीको २०७१ भदौ ३० गते निधन भएको हो। प्रचण्डले यस अगाडि पनि बोगटीको निधनपछि आफू एक्लै भएको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.