आम सञ्चारमाध्यमलाई व्यवस्थित गर्न आवश्यक छ : मन्त्री शर्मा

आम सञ्चारमाध्यमलाई व्यवस्थित गर्न आवश्यक छ : मन्त्री शर्मा

तानसेन : सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले सञ्चारमाध्यमलाई नियमन तथा व्यस्थित गर्न मन्त्रालयले संघीय कानुन निर्माणमा लागिपरेको बताएकी छन्। उनले केही दिनमै सोसम्बन्धी विधेयक मन्त्रिपरिषद बैठकमा लैजाने बताइन्।

उनले मिडिया काउन्सील विधेयक मन्त्रिपरिषदबाट पारित भई संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको बताइन्। दुवै आम सञ्चारसम्बन्धी विधेयक पारित भएपछि संघीय संरचनाअनुसार सञ्चारमाध्यमहरूको नियमन तथा व्यवस्था हुने उनको भनाइ छ।

विज्ञापन बजार क्षेत्रमा देखिएको बेथिति न्यूनीकरण गर्न सरकारले विज्ञापन नियमावली संसोधन गरी संघीय विज्ञापनहरू समानुपातिकरूपमा वितरण गर्ने प्रणाली लागू गरेको विज्ञापन बजार व्यस्थित हुँदै गएको मन्त्री शर्माले बताइन्। संघले निर्माण गरेको विज्ञापन नियमावली संसोधनको आधारमा प्रदेश र स्थानीय सरकारले पनि विज्ञापन नीति निर्माण गर्न सुझाव दिइन्। 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.