‘सरकार फेर्ने पक्षमा एमाले छैन’

‘सरकार फेर्ने पक्षमा एमाले छैन’
सुन्नुहोस्

वीरगन्ज : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले अहिले कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको बताएका छन्। वीरगन्जमा मंगलबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘अहिले नै एमाले कांग्रेससँग मिलेर यो सरकार परिवर्तन गर्ने पक्षमा छैन।’

तर, यसअघिको कांग्रेस र माओवादीबीचको अपवित्र गठबन्धन भने एमालेले नै भत्काएको बताउँदै उनले भने, ‘कांग्रेस र माओवादीको गठबन्धन अपवित्र नै थियो। त्यसलाई भत्काउन एमाले पहिलेदेखि नै लागेकै थियो। अन्ततः सफल पनि भयो।’

देश र जनताको पक्षमा सदैव अभिँदै आएको एमालेप्रति जनताको विश्वास र आस्था अझ मजबुत रहेको तथ्य भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले पुष्टि गरेको उनले बताए। नेपालीको स्वाभिमान जोगाउने र मुलुकको समृद्धि एमालेले मात्र गर्न सक्ने दाबी गर्दै उनले भने, ‘राष्ट्रिय अखण्डताको रक्षा र मुलुकको समृद्धि एमालेबाहेक अन्य राजनीतिक दलबाट हुनै सक्दैन।’

उनले मुलुकको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षाका लागि छिमेकी देशलाई गाली गरेर समस्या समाधान नहुने पनि बताए। उनले भने, ‘छिमेकीलाई गाली गर्नुको साटो उनीसँग आँखामा आँखा जुधाएर कुरा गर्दै समस्याको समाधान गर्नुपर्छ।’

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिट ब्युरो सदस्य अच्युत मैनाली, केन्द्रिय सदस्यहरू प्रभु हजारा, राजकुमार गुप्ता लगायतको पनि उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.