मासु खाँदा घाँटीमा हड्डी अड्किएर भरतपुरमा एक जनाको मृत्यु

मासु खाँदा घाँटीमा हड्डी अड्किएर भरतपुरमा एक जनाको मृत्यु
फाइल तस्बिर।

हेटौंडा : चितवनको भरतपुर महानगरपलिका–१ स्थित शरदानगरमा बस्दै आएका करण सुनारको घाँटीमा हड्डी अड्किएर मुत्यु भएको छ। तनहुँ सिद्धेश्वर नगरपालिकाका करण अंकलको घरमा बस्थे। मासु खाँदा २२ वर्षीय सुनारको घाँटीमा हड्डी अड्किएको थियो। 

उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो। त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए। तर हिजो बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो। 

भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.