बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

दोलखा : विगु गाउँपालिका–३  बुलुङकी  वृद्धा महिलाको बसको ठक्करबाट मृत्यु भएको छ। ७४ वर्षीया नेतर्नी लामाको बसको ठक्करबाट मृत्यु भएको हो। 

काठमाडौंबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा ३ ख ६३७४ नम्बरको रोल्वालिङ यातायातको बसले ठक्कर दिएपछि उनको घटनास्थल मै मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। विगु गाउँपालिका–४ को फिस्टेढुंगाबाट घर फर्किने क्रममा लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकी रहेका छन्। उनलाई  पक्राउ गरी सिगटी इलाका प्रहरी कार्यालय सिगटिमा  राखिएको छ। बस चालकले बसको ठक्करबाट मृत्यु नभएको दाबी गरेका छन् भने मृतकका आफन्तले बस कै ठक्करबाट मृत्यु भएको दाबी गरेका छन्। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शव घटनास्थलमा नै रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.