९१ करोड ९८लाख बिगो माग

एमडीएमएसमा भ्रष्टाचार : प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित १९ जनाविरुद्ध मुद्दा दायर

एमडीएमएसमा भ्रष्टाचार : प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित १९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : नेपाल टेलिकमको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) को खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा  दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित १९ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय झा र खनाल, निर्देशक आनन्द राज खनाल,उपनिर्देशक/निर्देशक मिनप्रसाद अर्याल,सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसहित १९ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्वीकृत गरेको भन्दा बढी रकममा एमडीएमएसको उपकरण खरिद गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

उनीहरूविरुद्ध ९१ करोड ९८लाख ३० हजार ८८२   बिगो माग गरिएको छ।

एमडीएमएसको खरिदमा अनियमिततामा मुछिएपछि तत्कालीन अध्यक्ष खनालले राजीनामा दिएका थिए। उनीहरूले एमडीएमएस खरिद प्रक्रियाको टेण्डर प्रक्रिया,परामर्शदाता छनौटलगायतका काममा  भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। 

यसअघि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्राधिकरणबाट एमडीएससम्बन्धमा सुरूदेखि भएका नीतिगत निर्णय,खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यमाथि प्रश्न उठाउँदै कागजात झिकाएको थियो।

नेपाल दूरसंचार प्राधिकरणले उक्त सिस्टम २०७९ साल भदौ ३० गतेदेखि लागू गरेको थियो। नेपालमा भित्रिने मोबाइल फोनहरूको गैरकानुनी आयात रोक्न एमडीएमएस सिस्टम लागू गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.