स्याङ्जामा एसईईका ४ हजार १३३ परीक्षार्थी

स्याङ्जामा एसईईका ४ हजार १३३ परीक्षार्थी
सुन्नुहोस्

स्याङ्जा : बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाका एक सय ६८ विद्यालयका ४ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन्।

सामुदायिक माध्यमिक विद्यालयका १ सय ३३ र संस्थागत तर्फका ३५ वटा माध्यमिक विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
परीक्षार्थीमध्ये २ हजार एक छात्रा र २ हजार १३२ जना छात्र रहेको शिक्षा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिए। नियमिततर्फ ३ हजार ९१४, प्राविधिकतर्फका १५६, ग्रेड वृद्धिका ६३ जना छन्। 

सामुदायिकतर्फ १ हजार ६५० छात्रा र एक हजार ६३७ छात्र गरी ३ हजार २८७ परीक्षार्थी छन्। त्यसैगरी संस्थागततर्फका ३५१ जना छात्रा र ४९५ छात्रगरी ८४६ छन्।  

प्राविधिकतर्फ बालीविज्ञानमा र कम्प्युटर इन्जिनियरिङ ३-३ विद्यालयबाट १५६ जना र धार्मिक ३ माध्यमिक विद्यालयतर्फका १९ जना पनि परीक्षामा सहभागी हुँदैछन्। 

जिल्लाभरका ११ वटा स्थानीय पालिकालाई समेटेर २६ परीक्षा केन्द्र तोकिएका छन्। तीमध्ये वालिङ्मा ७ र पुतलीबजार नगरपालिकामा ५, फेदिखोला, आँधीखोला, बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा एक-एक परीक्षा केन्द्र तोकिएका छन्। भीरकोट, गल्याङ्, चापाकोट नगरपालिका र कालीगण्डकी र हरिनास गाउँपालिकामा २-२ वटा परीक्षा केन्द्र तोकिएका छन्। 

एसईइ परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सम्बन्धित विद्यालयमा र प्रश्नपत्र सम्बन्धित सुरक्षा निकायमा पुगिसकेको र परीक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा समन्वय इकाई प्रमुख आचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.