कोशी प्रदेश विगठन हुँदैन, केही दिनमा एमालेकै नेतृत्वमा सरकार बन्छ : पूर्वमुख्यमन्त्री कार्की

कोशी प्रदेश विगठन हुँदैन, केही दिनमा एमालेकै नेतृत्वमा सरकार बन्छ : पूर्वमुख्यमन्त्री कार्की
सुन्नुहोस्

कार्कीले भने, ‘व्यक्ति विगठन होला, सपना विगठन होलान् तर संसद विगठन हुने अवस्था छैन, केवल सत्ताबाट बाहिरिनु परेपछि कांग्रेसको आक्रोश मात्र हो।’

उदयपुर : पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको नेतृत्व एमालेले गर्ने बताएका छन्। नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कार्कीले सर्वोच्च अदालतले विकल्प रहुन्जेलसम्म सरकार गठन गर्न सकिने व्याख्या गरेकाले विगठनको हल्लाको पछि नलाग्न आग्रह गरेका हुन्। 

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीले भने, ‘न्यायालयले प्रष्ट व्याख्या गरिसकेको विषयलाई अपव्याख्या गरेर संसद विगठन हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन।’

उनले केदार कार्की नेतृत्वको सरकार उपधारा ५ बमोजिम बनेपनि बहुमतको सरकार बनाउन संविधानले मार्ग प्रशस्त गरेको बताए। उनले राष्ट्रिय राजनीतिमा आएको फेरबदल सँगै सातै प्रदेशमा सरकार परिवर्तन हुने र कोशी प्रदेश एमालेकै नेतृत्वमा हुने सत्ता साझेदार दलबीच सहमति नजिक पुगेको बताए। 

‘कोशी प्रदेशको शक्ति सन्तुलनको हिसाबले पनि एमालेले पाउने हो,’ एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले भने, ‘ढुक्क हुनुस् अबको केहि दिनमा कोशी प्रदेशको नेतृत्व एमालेले गर्छ।’

कार्कीले एमाले कोशी प्रदेश विगठन र मध्यावधिको पक्षमा नरहेको स्पष्ट पारे। उनले भने,‘व्यक्ति विगठन होला, सपना विगठन होलान् तर संसद विगठन हुने अवस्था छैन, केवल सत्ताबाट बाहिरिनु परेपछि कांग्रेसको आक्रोश मात्र हो।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.