सीमा क्षेत्रको समस्या समधानका लागि सरकार गम्भीर हुनुपर्ने कांग्रेस नेताहरूको जोड

सीमा क्षेत्रको समस्या समधानका लागि सरकार गम्भीर हुनुपर्ने कांग्रेस नेताहरूको जोड
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

कपिलवस्तु :  सीमा क्षेत्रका समस्या समाधानका लागि वर्तमान सरकार गम्भीर हुनुपर्नेमा नेपाली कांग्रेसका नेताहरूले जोड दिएका छन् । सीमा क्षेत्रका नागरिकहरूलाई राज्यबाट प्रवाह हुने सबै खाले सेवा सुविधा सहज ढंगबाट दिइनुपर्ने,सीमा क्षेत्रका नागरिकलाई सहज मलखाद तथा बउ विजन उपलब्ध गराउनुपर्ने नेताहरूले माग गरेका छन् । 

शुद्धोधन गाउँपालिका-५ को आयोजनामा सम्पन्न होली मिलन कार्यक्रममा नेपाली कांग्रेसका नेता भारतका लागि पूर्व नेपाली राजदूत दीप कुमार उपाध्याय, पूर्व सांसद अभिषेक प्रताप शाह, लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय,नेपाल प्रहरीका पूर्व एस.एस.पी.विक्रम सिंह थापालगायतका नेताहरूले माओवादी द्वन्द्वका बेला विस्थापित भएका सीमा क्षेत्रका छोटी भन्सार कार्यालय पुर्नस्थापना,सीमा नाकाबाट सहज आवागनलगायतका समस्याप्रति प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए । 

नेपाली कांग्रेसका पूर्वसभापति राजेश आचार्य, जिल्ला नेताहरू राजेश सिंह ज्ञवाली,सुरेश शर्मा, वजीह अरशद,आशुतोष सिंह लगायतका नेताहरूले गाउँ गाउँमा नेपाली कांग्रेसको संगठन विस्तार गरी आगामी २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन सबै नेता कार्यकर्ताहरू लाग्नु पर्नेमा जोड दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.