पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन हुन्छ, ऋणलाई अनुदानमा रुपान्तरण गर्न पहल भइरहेको छ : प्रधानमन्त्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन हुन्छ, ऋणलाई अनुदानमा रुपान्तरण गर्न पहल भइरहेको छ : प्रधानमन्त्री
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाडै अन्तराष्ट्रिय हवाई उडान हुने बताएका छन्। प्रतिनिधि सभामा सांसदको प्रश्नको जवाफ दिँदै उनले विमानस्थल सञ्‍चालन तथा अन्तर्राष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाउन लागिएको बताएका हुन्।

उनले भने, ‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्‍चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी (PPP) को आधार तयार गर्न समिति गठन भई कार्य भइरहेको छ। समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्‍चालन तथा अन्तर्राष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइनेछ।’null

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रुपमा रुपान्तरण गर्न कूटनीतिक पहल गरिएको उनको दाबी छ। उनले भने, ‘पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रुपमा रुपान्तरण गर्न कूटनीतिक पहल सुरु भएको छ। यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्‍यक समन्वय गरिनेछ।’

उनले चीन भ्रमणको समयमा चीनका विभिन्न शहरबाट पोखरामा उडान गर्न पनि छलफल र सैद्धान्तिक सहमति भएको बताए। उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.