गोठमा आगलागी हुँदा चापाकोटमा ३५ बाख्रा, कुखुरा मरे
स्याङ्जा : चापाकोट नगरपालिका ५ सिम स्थित सोमबहादुर आलेको गोठमा आगलागी हुँदा गोठसहित ३५ बाख्रा कुखुरा जलेर मरेका छन्।
आगलागीबाट आलेको गोठ जल्नुका साथै गोठमा भएका १५ वटा बाख्रा र २० वटा कुखुरा जलेर मरेको उद्योग वाणिज्य संघ चापाकोटका अध्यक्ष निर्मल रानाले जनाए।