मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरेमा मोटरसाइकलको ठक्करबाट शनिबार साँझ एक जना साइकल यात्रीको मृत्यु भएको छ । कानेपोखरीबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाइकलले पथरीशनिश्चरे नगरपालिका–१ स्थित पश्चिम बस स्टेण्डमा साँझ ६:२० बजेतिर साइकल यात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट साइकल यात्री पथरीशनिश्चरे–१० का ५० वर्षीय प्रेमबहादुर चौहानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौहानलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गर्नसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–१ का ५१ वर्षीय किरण घिमिरेसमेत सामान्य घाइते भएका छन् । पथरी अस्पतालमा उपचारपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.