सडक र यातायातसम्बन्धी कानुनमा आवश्यक छलफल गर्छौं : कानुनमन्त्री

सडक र यातायातसम्बन्धी कानुनमा आवश्यक छलफल गर्छौं : कानुनमन्त्री
सुन्नुहोस्

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सडक र यातायातसम्बन्धी कानुनलाई विज्ञहरूसँग छलफलमात्रै अघि बढाउने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गिरीले ढुवानी व्यवसायीको समस्याप्रति आफू जानकार रहेको भन्दै यसलाई समाधान गर्ने प्रतिबद्धता जनाए। 

उनले सार्वजनिक यातायात सेवा ऐन अध्ययनको क्रममा रहेपनि यसले ढुवानी व्यवसायी समाधान गर्नेमा आफू विश्वस्त नरहेको बताए। 

सवारी तथा यातायातसम्बन्धी विधेयक, सार्वजनिक सडक र सुरक्षासम्बन्धी विधेयकको पनि तयारी भइरहेको उनले बताए। उक्त विधेयकहरूबाट पनि ढुवानी व्यवसायी समस्या समाधान हुन नसक्ने लागेकाले यस क्षेत्रसम्बन्धी छुट्टै ऐनको आवश्यकता देखिएको उनको भनाइ छ।

उनले ढुवानी व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याए पनि भूकम्प, कोभिड तथा आर्थिक मन्दीको मारमा परेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.