पुतलीबजारमा पक्की सडक

पुतलीबजारमा पक्की सडक
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजार नगरपालिका अन्तर्गत रहेको प्रगतिनगर -बहाकोट-नाम्चे-काल्खु कच्ची मोटरबाटो अब पक्की बन्ने भएको छ। विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा हालको कच्ची सडकलाई पक्की एवं फराकिलो बनाइने प्रक्रिया अघि बढेको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए। 

प्रमुख रेग्मीका अनुसार ‘डीपीआर लगायत योजना छनौट गर्दै लम्बिएको सो योजना अब बढ्ने निश्चित भएको छ। बाटो निर्माणपछि पुतलीबजार र तनहुँको दुलेगौडासँग जोडिने छ। यसबाट पुतलीबजार नगरपालिकाका वडा नम्बर ३, ८, ९ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने सयौं व्यक्तिले सो बाटोको उपयोग गर्न पाउने छन्।’

प्रगतिनगर शिक्षा चोकदेखि काँफलडाँडा -भन्ज्याङ-बहाकोट-नाम्चे-काल्खुसम्म ७ दशमलव  ६ किलोमिटर लम्बाइमा पक्की सडकसहित नाली र टेवा पर्खाल रहने इन्जिनियर विमलरंजन कार्कीले जानकारी दिए। दुई लेनको सडकको चौडा ७ मिटरको हुने उनले बताए।

विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको १५ महिनाभित्र सक्नुपर्ने छ। टेण्डर खुलाएर ठेक्काको प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.