लुङ्खिम भाषाको ‘कखरा’ सिक्ने क्रेज

लुङ्खिम भाषाको ‘कखरा’ सिक्ने क्रेज
सुन्नुहोस्

इलाम : सूर्योदय नगरपालिका-११ का दुर्गामान राई लुङ्खिम समाज नेपालका सचिव हुन्। तर, तीन वर्ष अघिसम्म उनलाई यो भाषा पटक्कै आउँदैन थियो। अहिले लुङ्खिम भाषामा सामान्य कुरा गर्न थालेका छन्। 

तीन वर्षको प्रयासमा आधारभुत भाषाको ज्ञान लिएका सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका लुङखिमहरु अब मुखले बोल्ने भाषालाई व्याकरणका दृष्टिले समेत व्यवहारिक प्रयोगमा ल्याउने प्रयासमा लागेका छन्। सूर्योदय नगरपालिकाको दुई लाख रुपैयाँ आर्थिक सहयोगमा भाषा आयोगले बनाइदिएको पाठ्यक्रम अनुसारको दोस्रो चरणको भाषा ज्ञान लिन लुङखिम जुटेका हुन्। 

सचिव राईले सुनाए, ‘हामीले त बिर्सेका थियौं, गत वर्षसम्म सामान्य बोलचालको शब्द सिक्यौं, अब व्याकरणका कुरा सिक्ने तरखरमा छौं।’ कुल पूजामा कुल पुजारीले मात्रै जातको भाषा प्रयोग गर्दै आएकोमा तीन वर्ष अघि भाषा आयोगको आयोजनामा गाउँमै चार महिलासहित ३० जनाले भाषा सिकेका थिए।  लुङ्खिम राई समाजका अध्यक्ष जंगबहादुर लुङ्खिम राईका गनुसार यसपटक पनि पहिलेका सहभागी नै तालिममा रहने छन्। 

बितेको दुई वर्ष लुङ्खिम भाषाको आधारभूत कक्षाले सामान्य बोलिचालीको कुरा सिकाएको अध्यक्ष लुङखिमले बताए। यस पटक पनि  आयोगले निर्माण गरेको ‘लुङ्खिम खा’ (लुङ्खिम भाषा कक्षाको पाठ्यसामग्री) को आधारमा सहभागिलाई हरेक दिन बिहान ८ बजे देखि १० बजेसम्म तालिम प्रदान गरिने अध्यक्ष राईले बताए।

सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले तालिमको उद्घाटन गर्दै भाषा संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गरे। उनले लुङ्खिम भाषाको पाठ्यक्रम बनाउने पहल गर्ने बताए। सूर्योदय नगरपालिका वाड न ११ का वडा अध्यक्ष सन्तोष राईले भाषा, संस्कृति, साहित्य संरक्षणका प्रयासमा स्थानीय सरकार सधैं साथमा रहने बताए। 

भाषा फिटिक्कै नजान्नेहरु समेत भाषामा गफ गर्न थालेको समाजका सचिव राईले बताए। भाषा आयोगले गरेको अध्यायनमा पाँच परिवारमा मात्रै लुङ्खिम भाषा बोल्ने परिवार फेलापरेपछि यसको संरक्षणको प्रयास सुरु गरिएको हो। एक सय २९ जनाले मात्रै देश भरिमा यो भाषाको प्रयोग गर्ने गरेको सरकारी तथ्याङ्क छ। लुङ्खिम भाषा इलाममा मात्रै जिवित रहेको अध्यायनले देखाएको छ। राईका २६ वटा भाषा मध्ये लुङ्खिम र तिलुङ संकटमा परेका भाषा हुन्। 

प्रशिक्षक अरुणबहादुर लुङ्खिमले सहजीकरण गर्ने छन्। नेपालमा कुसुन्डा, तिलुङ, दुरा, बराम र लुङ्खिम गरी पाँचवटा लोपोन्मुख भाषाको संरक्षणको काम अहिले भाषा आयोगले गर्दै आएको छ। देशभर एक हजार ६ सयको हाराहारीमा लुङ्खिमहरुको बसोबास रहेको सचिव राईले बताए। 

सचिव राईका अनुसार यस अघिका तालिममा  घरमा प्रयोग गर्ने सामान, सम्मान, नाता गोतालाई प्रयोग गर्ने सिष्टाचार लगायतका कुरालाई प्राथमिकताका साथ सिकाइएको छ। राई समूदायमा पनि लुङ्खिमहरुले कुल, पित्री (श्राद्ध) भदौ महिनामा गर्ने गरेका छन् र राई समूदायकै अरु थरले भने सोह्र श्राद्धको समयमा यस्तो कर्म गर्ने गरेका छन्। 

उनका अनुसार अहिले संस्कृतिको जगेर्ना गर्ने सोचले मर्दापर्दा लिङखिमकै मुन्दुमी (पुरोहित) प्रयोग गर्ने गरेका छन्। इलामको सूर्योदय नगरपालिकाको केरावारी, आहालेमा १०० घर जति लुङ्खिम रहेका सचिव राईले बताए। उनका अनुसार इलामको  रोङ गाउँपालिका, देउमाई , इलाम नगरपालिकामा समेत लुङ्खिमको बसोबास रहेको छ।  नेपालको भोजपुर, इलाम, मोरङ लगायतका जिल्लामा यो जातीको बसोबास रहेको अध्यक्ष राइले बताए। लुङ्खिम भाषामा अहिले २४ वटा अक्षर रहेका छन्। 

तेस्रो वर्षको तालिम सुरुवातको दिन लुङ्खिम राईहरु। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.