बागमती प्रदेश सभाको बैठक स्थगित

बागमती प्रदेश सभाको बैठक स्थगित
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सभाको आज बिहान ११:३० बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयले सूचना टाँस गरी भोलि फागुन १७ गते विहान ११:३० बजे बैठक बस्नेसमेत जनाएको छ। 

प्रदेश सभाको वर्षे अधिवेशनको असारमा बजेट प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्ष लगायतका दलहरूले असन्तुष्टि जनाई संसद केही दिनको लागि अवरुद्ध गरेपछि प्रदेश सरकार र प्रतिपक्षी दलहरुको बीचमा ३ बुँदे सहमति भएको थियो। 

उक्त सहमति हाल हिउँदे अधिवेशन सुरु हुँदा पनि प्रदेश सरकारले कार्यान्वयन गर्न नखोजेको र प्रतिपक्षी दलहरूले पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकारले आफ्नो तर्फबाट कुनै आश्वासन दिन नसकेको कारणले आजको बैठक स्थगित भएको नेकपा एमाले संसदीय दलका सचेतक मधुसुदन प्रसाद पौडेल र राप्रपा संसदीय दलका नेता उद्धब थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.