बागमती प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन सुरु
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सभाको हिउँदे अधिवेशन बैठक आजबाट सुरु भएको छ। बैठकमा प्रथम वक्ताको रुपमा सम्बोधन गर्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारले जिम्मेवार भएर कार्यसम्पादन गर्नुपर्ने बताए। 

उनले बागमती प्रदेश सरकार राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयहरूमा मौन हुनु नाजायज बताएको समेत आरोप लगाए। थपलियाले लामो समयदेखि दुग्ध उत्पादक कृषकहरूलाई प्रोत्साहन स्वरूप दिँदै आएको प्रतिलिटर ३ रुपैयाँ अनुदान रकमलाई पनि स्थगित गरी कृषकहरूलाई आत्मनिर्भर हुने कार्यमा उपेक्षा गरेको भन्दै कृषकको बृहत हितका लागि प्रदेश सरकारले तुरुन्तै कदम चाल्नुपर्ने माग गरे। 

त्यस्तै नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका सचेतक रत्नप्रसाद ढकालले प्रदेशको १३ वटै जिल्लाका जनताहरुलाई आत्मविश्वास दिलाउने कार्यमा प्रदेश सरकारले रचनात्मक भूमिकाका साथै विकासको पूर्वाधारबाट जोड्न आवश्यक रहेको उल्लेख गर्दै विरोधको लागि विरोध गर्ने प्रतिपक्षको सोचलाई परिवर्तन गरी सरकारको समस्या, कानूनी अर्चनलगायत समस्यालाई निराकरण गर्नेतर्फ प्रतिपक्ष दलले पनि एकैसाथ सहयोग गर्नुपर्ने तर्फ जोड दिए। 

बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा उद्योगमन्त्री रामकृष्ण चित्रकारले संसदलाई जनताको अपेक्षा पूरा गर्ने थलोको रुपमा हेरिनुपर्ने उल्लेख गर्दै आ–आफ्नो दलगत स्वार्थलाई त्यागेर संघीयता, गणतान्त्रिक व्यवस्थालाई दरिलो बनाउन सत्तापक्ष र प्रतिपक्षहरु मिलेर अघि बढ्नुपर्ने बताए। 

बैठकमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादी बागमती प्रदेशका नेता कृष्णप्रसाद शर्मा खनाल, नेपाल मजदुर किसान पार्टी बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईँ, हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले संघीयतालाई दरिलो बनाउँदै जनतालाई विकासको पूर्वाधारप्रति जोड्दै बेरोजगार युवा समूहलाई आफ्नै स्रोतसाधन परिचालन गरी आर्थिक आत्मनिर्भर हुने वातावरण बनाउन चालु अधिवेशनले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

आजको बैठकले २०७४ मा चितवन जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित बलराम पौडेलको दुर्घटनामा परेर निधन भएकोप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ। 

सभामुख भूवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक भोलि फागुन १६ गते बिहान साँढे ११ बजेका लागि आह्वान गरेका छन्। बागमती प्रदेश सभाको वर्षे अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले असोज २३ गते राति १२ बजेबाट अन्त्य गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.