आईसीसी क्रिकेट विश्वकप लिग-२

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता
फाइल तस्बिर।

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले नेदरल्याण्ड्सको पहिलो विकेट लिएको हो।

नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सको विकेट लिएका हुन्। कामीको बलमा माइकल लेभिटलाई देव खनालले क्याट आउट गराए। 

नेदरल्याण्ड्सले अहिले ३ ओभरको समाप्तिमा ३ रन बनाएर खेलिरहेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा नेपालले दीपेन्द्रसिंह ऐरी र खनाललाई टोलीमा समावेश गरेको छ। आजको खेलमा आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी बेञ्चमा रहेका छन्।

 null

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

नेदरल्याण्ड्स टोली : म्याक्स ओडाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन​​​​​​​


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.