बर्दिबासमा पस्किँदै रैथाने खाना

बर्दिबासमा पस्किँदै रैथाने खाना
सुन्नुहोस्

बिजलपुरा : महोत्तरीको बर्दिबासमा मधेसका रैथाने खानाखाजाको स्वाद चाख्न पाइने अवसर मिल्ने भएको छ। यसका लागि खाना महोत्सव गर्न लागिएको हो। 

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरा गौतमका अनुसार मधेस प्रदेशस्तरीय खाना महोत्सव गर्न लागिएको छ। आउँदो फागुन ५—७ गतेसम्म बर्दिबासको सिन्धुली रोडमा फुड फेस्टिभल गरिन लागेको हो। बर्दिबास नगरपालिकासँग होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले मिलेर रैथाने खानको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागेको हो। यस अवसरमा चलेका मधेसका मौलिक खाना र खाजा चाख्न पाइने भएको छ। यसबेला ५० स्टल राखिने छन्।

आर्थिक मन्दीले होटल तथा पर्यटन क्षेत्र ठप्पजस्तै छ। यो क्षेत्रलाई चलायमान बनाउन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि खाना महोत्सव गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले जनाए। ‘सडकमै खाऔं, सडकमै रमाऔं,’ भन्ने नाराका साथ मधेस प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको हो। 

होटल संघ महोत्तरीका महासचिव नारायण घिमिरेका अनुसार  रैथाने खाना खाजाको स्वाद चखाउनु नै महोत्सवको उद्देश्य हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.