इटहरीका सबै विद्यालयमा अब एउटै पोसाक

इटहरीका सबै विद्यालयमा अब एउटै पोसाक
सुन्नुहोस्

इटहरी : इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागु गर्ने भएको छ।  विद्यार्थीबीच बढ्दै गएको असमानतालाई मध्यनजर गरेर नयाँ शैक्षिक सत्रका लागि एउटै पोसाक लागु गर्ने निर्णय गरेको हो। 

इटहरी भित्रका निजी तथा  सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए। साथै विद्यालयमा टाई हटाएर भादगाउले टोपी लगाउने निर्णय पनि गरेको छ। 

निजी स्कुलहरुले ड्रेस बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गरेको र त्यसलाई रोक्नका लागि अभियान चालिएको उनको भनाइ छ। साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरूको छोरा छोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको छ।

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० वटा विद्यालय छन्।  ६३ हजार ५ सय २६  विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन्।

विद्यालय आफैँले किताब बेच्न नपाउने

विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उप महानगरपालिकाले विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय पनि गरेको छ।  विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री-वितरण गर्न रोक लगाएको हो।

बैठकले उप महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय गरेको मेयर हेमकर्ण पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.